
नेपाली कांग्रेस मधेस प्रदेश सभापति कृष्णप्रसाद यादव रौतह– १ को ख बाट प्रदेशसभा सदस्यको उम्मेदवार बन्ने घोषणा गरेका छन् । बिहीबार रौतहटको माधव नारायण नगरपालिकामा नेता–कार्यकर्ता भेटघाट कार्यक्रममा उनले रौतहट – १ को ख मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार बन्ने घोषणा गरेका हुन् । त्यहाँ जनताहरुसँग काँधमा काँध मिलाएर हिडने सोचले उक्त क्षेत्र रोजेको बताए ।

५ दलीय गठबन्धनद्वारा माधव नारायण नगपालिकाको – १ को दिपहीमा आयोजित चुनावी भेलामा रौतहट १ काे ख बाट प्रदेशसभा सदस्यमा आफ्नो उम्मेदवारी रहने सभापति यादवले बचाए । मधेस कांग्रेसले सभापति यादवलाई भावी मुख्यमन्त्रीका रुपमा अगाडि सारेर जाने तयारी छ ।
रौतहट– १ मा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल उम्मेदवार बन्ने भएपछि प्रदेश सभापति यादव प्रदेशसभाको चुनाव लड्न भएका छन् । कार्यक्रममा गठबन्धनका विभिन्न पार्टीका नेता–कार्यकर्ताहरुको समेत उत्साहपूर्ण सहभागिता थियो ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर