
धनगढी कैलालीमा डेंगु रोगबाट बिरामी हुनेको संख्या १ सय ३२ पुगेको छ। चालू आर्थिक वर्षको दुई महिनाको अवधिमा सो सङ्ख्यामा डेंगुका बिरामी फेलापरेका हुन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार लम्कीचुहा नगरपालिकामा सबैभन्दा धेरै ६६ जना डेंगुका बिरामी फेलापरेका छन्। सेती प्रादेशिक अस्पतालमा २१, टीकापुर अस्पतालमा १३, मालाखेती अस्पतालमा ७ जनामा डेंगु पुष्टि भएको जनाइएको छ। गत आर्थिक वर्ष कैलालीमा १५६ जना डेंगुका बिरामी फेलापरेका थिए।

यस्तै डेंगुबाट २ जनाको मृत्यु भइसकेको बताएकाे छ। भदौ १४ गते धनगढीको निसर्ग अस्पतालमा उपचारक्रममा धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया महिलाको ज्यान गएको छ। यसैगरी टीकापुरकी एक बालिकाको नेपालगञ्जमा उपचारक्रममा ज्यान गएको जनाइएको छ। तर त्यसबारेमा थप जानकारी प्राप्त नभएको प्रमुख धामीले बताए।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर