• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 13, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कैलाली

कैलाली–४ मा लेखराज भर्सेस नैनसिंह हुने संकेत

खप्तड मालिका न्युज September 8, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

धनगढी– कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभामा निर्वाचन लड्न नेपाली काँग्रेसबाट ६ जनाले इच्छा देखाएका छन्। प्रतिनिधिसभाका लागि नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्षसमेत भइसकेका केन्द्रीय सदस्य नैनसिंह महरको नाम पनि सिफारिस गरिएको छ। यो क्षेत्रबाट कांग्रेसले प्रतिनिधिसभाका लागि सात जनाको नाम सिफारिस गरे पनि महरले टिकट पाउने चर्चा छ। डडेलधुराको भागेश्वर गाउँपालिका–३ का महर काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नि आरजु राणानिकट मानिन्छन्।
क्षेत्र नम्बर ४ बाटै प्रतिनिधिसभाका लागि नेकपा एमालेका केन्द्रीय सचिव एवं पूर्वमन्त्री लेखराज भट्टको सर्वसम्मत एकल सिफारिस भएको छ। अघिल्लो पटक भट्टले काँग्रेस उम्मेदवार सुनिल भण्डारीलाई १० हजार ३९९ मतान्तरले हराएका थिए। माओवादी केन्द्रका नेता भट्टले ३१ हजार ३५९ मत पाउँदा प्रतिद्वन्द्वी भण्डारीले २० हजार ९६० मत पाएका थिए। एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टीलाई अदालतले फुटाइदिएपछि माओवादी नेता भट्ट एमालेमै रहेका थिए। अहिले उनी एमाले केन्द्रीय सचिव एवं प्रदेश इन्चार्ज छन्।
कैलालीमा काँग्रेस गठबन्धनसहित चुनावमा जाँदा कम्तिमा दुई क्षेत्र नेपाली काँग्रेसले दाबी गर्ने पक्का छ। जसमध्ये कैलाली क्षेत्र नम्बर ४ र ५ कांग्रेसको प्राथमिकतामा छ। क्षेत्र नम्बर ४ बाट पूर्वमाओवादीका सुदूरपश्चिम इन्चार्ज समेत रहेका लेखराज भट्टले निरन्तर चुनाव जितेकका छन्। भट्टले ०६४, ०७४ मा प्रत्यक्षतर्फ चुनाव जितेका थिए । ०७४ को निर्वाचनमा भट्टले कांग्रेस उम्मेदवार सुनिल भण्डारीलाई १० हजार ३ सय ९९ मत अन्तरले हराएका थिए।

तर, यसपालि काँग्रेसले सत्ताधारी दलसँग गठबन्धन गर्ने भएकाले भट्टलाई चुनाव जित्न मुस्किल हुने आकलन गरिएको छ। कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा गौरीगंगा गाउँपालिका, गोदावरी नगरपालिका, चुरे गाउँपालिका गाउँपालिका र मोहन्याल गाउँपालिकाको वडा नं ५ पर्दछन्।
४ स्थानीय तहमध्ये तीनवटाको प्रमुख र उपप्रमखमा गठबन्धनका उम्मेदावर विजयी भएका छन्। एमालेले चुरे गाउँपालिका अध्यक्ष र गोदावरी नरपालिका उपाध्यक्षमा जितेको छ। गोदावरी नगरपालिका प्रमुखमा भने काँग्रेसका वीरेन्द्र भट्ट निर्वाचित भएका थिए।

यस्तै गौरीगंगा नगरपालिका प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार देवीदत्त कँडेल १३ हजार ७९५ मत ल्याई विजयी भएका छन्। उनले एमाले उम्मेदवार पदमसिंह सिङाललाई ७ हजार १६३ मतान्तरले पराजित गरेका हुन्।

उता गौरीगंगामा नेकपा एमालेले वडा ३ को वडाध्यक्ष मात्रै जितेको छ। चुरे गाउँपालिका अध्यक्षमा भने एमालेका उम्मेदवार चक्रबहादुर बोगटी ३ हजार ३०५ मत ल्याई विजयी भएका छन्। यसैगरी मोहन्याल गाउँपालिकाको वडा ५ को वडाध्यक्षमा नेपाली काँग्रेसका प्रविण घर्तीमगर विजयी भएका छन्।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑