
मिन बहादुर खड्का बाजुरा- सुदुर पश्चिममा मनाईने बिशेष गौरा पर्वको अवसरमा सुदुर पश्चिम् देउडा प्रतिष्ठान धनगढीले आयोजना गरेको प्रदेश स्तरीय खुल्ला देउडा प्रतियोगिताको फाइनलमा धनसरा साउद अछामको टिमलाई पाराजित गर्दै लाइभ देउडा खेलाडी मल्ल सहितको बाजुराको टिम प्रथम भएको छ। गौराको अबसर पारी तीन दिन सम्म चलेको प्रतियोगितामा सुदुर र कर्णाली गरि १८ टिमको उपस्तिथि भएको थियो। बाजुरा स्थायी बसोबास भइ धनगढी अध्ययन गर्दै आएका युबाहरु र पछिल्लो समय देउडा खेलमा चर्चा कमाउन सफल लाइभ देउडा खेलाडी गितकार शंकर मल्लको टिम प्रथम भएको हो । सुदुर सान सुदुरको पहिचान बाजुरामा जन्मेका मल्लले सुदुरपश्चिकै उत्कृष्ट बन्न सफल भएको भन्दै सामाजिक संजालमा चर्चा मल्लको उनका समर्थकहरुले प्रशन्सा गरिरहेका छन् ।

को हुन त लाइभ देउडा खेलाडी मल्ल के भन्छन् त मल्ल पुरै पढ्नुस

जिल्लाको हिमाली गाउँपालिकामा जन्मेका पछिल्लो समयमा लाइभ देउडा खेलाडीका नामले परिचीत शंकर मल्ल जिल्ला भित्र मात्र नभई सुदुरका बझाङ अछाम दोटी कालिकोट आदि जिल्लामा समेत चर्चा कमाउन सफल भएका छन् । पछिल्लो समयमा मल्ल जिल्ला भित्रका मात्र नभई जिल्ला बाहिरका देउडा पारखीहरुले रुचाएका देउडा खेलाडी हुन । मल्ल जिल्ला भित्र आयोजित मेला पर्व र कार्यक्रमहरुमा सहभागी भएर देउडा खेल्दै आइरहेका छन्। मल्ललाई जिल्लाका विभिन्न ठाउँमा देउडा प्रतियोगिताको आयोजना गरी देउडा खेल्न बोलाउने गर्छन । मल्ल देउडा खेल्न आउने खवर सुनेपछि उक्त ठाउँमा दर्शकहरुको भिड लाग्ने गर्दछ । मल्ललाई देख्न मात्र पाए पनि हुन्थ्यो भन्ने मनमा कौतुहल्ता लागिरहने गरेको मल्लले देउडा खेलेको हेर्ने आउने दर्शकहरु बताउन्छन् ।
एति सानो उमेरमा एती राम्रो देउडा खेल्नु सामान्य कुरा नभएको उनका दर्शखरु र उनलाई माया गर्ने समर्थकहरु बताउन्छ्न । जस्तो सुकै काम छोडेर पनि मल्लको खेल हेर्न दर्शकहरु आउने गर्छन् । मल्ल भनेपछि विशेष गरेर देउडा पारखीहरु हुरुक्कै हुन्छन् । मल्ल जिल्ला भित्र मात्र नभैइ जिल्ला बाहिर पनि उत्तिकै चर्चा कमाउन सफल छन् ।पछिल्लो समयमा लाइभ देउडा खेलाडीको नाम लिनुपर्दा मल्लको नाम सवैभन्दा पहिला आउन्छन । जिल्ला बाहिर समेत मल्ललाई देउडा खेलको आयोजना हुदा स्मरण गर्ने गरिएको छ । मल्लको मल्ल आफै पनि देउडा भने पछी हुरुक्कै हुन्छन् । ऊनी अहिले बाजुरा क्याम्पसमा बि बि एस पहिलो अध्ययन गरिरहेका छन् ।

मल्लले देउडा संगै पढाईलाई पनि निरन्तरता दिदै आएका छन् । अझ भन्ने हो भने देउडा भन्दा बढी पढाईलाई नै ध्यानमा राखेका छन् ।मल्लले कतिपय ठाउँ त आफू संग समय अनुकूल नहुदा पनी निम्तोलाई अस्विकार गर्न नसकी बाध्य भएर जाने गरेको बताए । देउडा खेल्न बोलाई सकेपछि कहिँ जान पनि पछी हत्दैन्न्न । मल्लले देउडा खेल्न गैसकेपछी कतै बाट पनि हार ब्यहोरेर फर्केका छैनन् । उनी पर्तियोगितामा सहभागी भैसकेपछी जितेर फर्किन्छ । मल्ललाई विभिन्न ठाउँमा सम्मानित र पुरुस्किर्त समेत भएका छन । मल्ललाई सुरुमा देख्दा भन्ने गर्छन यो के देउडा खेल्छ होला भनेर तर मल्लले खेल सुरु गरेपछि देउडा पारखीहरु जिल्ल पर्छन् र एकछिन अचम्मित हुने गर्दछन् ।

उनको देउडा खेलेको हेरेका दर्शकहरुको प्रतिक्रिया देउडा खेलाडी होस त मल्ल जस्तो होस सामान्य मान्छेले के देउडा खेल्नु भनेर मल्ललाई देउडा खेलेको देखेर बुढापाखाहरु धन्यवाद समेत दिन्छन् मल्ल भन्छन् दर्शकहरुले दिएको माया ,आशिर्वाद र हौसलाले नै अहिलेसम्म काहिँ गएर पनि हार बेहोर्नु परेको छैनन् ।एस्तै माया सधै पाईराखु भन्ने मलाई लाग्छ । सानै उमेरदेखी देउडा खेल्न सुरु गरेका मल्लले छोटो समयमा निकै चर्चा कमाउन र औधी दर्शकहरुको मन मुटुमा बस्न सफल भएका छन् । मल्ल जो संग पनि देउडा मार्फत नै कुराकानी गर्मे गर्छन् । बुढापाखाहरु र देउडा पारखीहरु मल्ल संग कुराकानी गर्न अति रुचाउँछन् । मल्ल संग यात्रा गरेका उनका सहयात्रीहरु भन्छन् मल्ल संगको यात्रा त निकै आनन्दको हुन्छ । मल्ल संगै लामो यात्रा गरेकाहरु भन्छन् जतिसुकै उकालो ,ओरालो ,बाटोमा ठकाई लागेपनी मल्लले गित भनेपछि थकान महसुस नै हुँदैन ।मल्ल संग यात्रा गर्नुको मजा नै बेग्लै हुन्छ ।
बिशेष गरेर देउडालाई बाजुरा जिल्लाको प्रमुख सस्किर्तिका रुपमा लिईन्छ । बिवाहा मेला पर्व बर्तबन्दहरुमा देउडा खेल्ने परम्परा रहदै आएको छ । अहिले केही रुपमा लोभ भएतपनी देउडा खेल्न भने छोडेका छैनन् बरु यसको संरक्षणका लागिविभिन्न कार्यक्रमको अवसर पारी देउडा प्रतियोगिताको आयोजना गर्ने गरिएको छ । यी सवै कार्यक्रमहरुमा मल्लको सहभागीता रहन्छ । मल्लले सुद्र पश्चिमका चर्चित लाइभ देउडा खेलाडीहरु संग भिडेका छन् । तर मल्लले कसै संग हार बेहोरेका भने छैनन्।मल्ल खेलमा जसले जस्ता सवालहरु उठायो त्यसको जवाफ सजिलै दिने गर्छन ।

जस्तो सुकै देउडा खेलाडी संग पनि मल्ल देउडा खेल्न डराउदैनन।गितबाटै कुनैपनी कुराको सवाल जवाफ दिने मल्ल जिल्ला बाहिरबाट पनि सम्मानित र पुरुस्किर्त भएर फर्केका छन् । पछिल्लो समयमा देउडा खेल्नेहरु त धेरै छन् तर प्राय जसो देउडा खेलाडीहरु पुरानो देउडा खेलाडीहरु संग देउडा खेल्न सक्दैनन् । आधुनिक परिवेशमा हुर्केकाहरुलाई पुरानो खेलाडीहरु संग प्रतिस्पर्धा गर्नु सजिलो बिषय भने होइन तर मल्ल भने पिराना खेलाडीहरु संग पनि सहज तरिकाले खेल्न सक्छन् ।मल्ल अव देउडा खेलाडी मात्र रहेन बाजुराका सान र पहिचान पनि बनेका छन् कला अनि सस्किर्तिले भरिपुर्ण बाजुरालाई चिनाउने एक बलियो आधार मल्ल बन्न सफल भएका छन् । मल्लले बाजुरामा पनी कला प्रतिभा छन् भन्ने कुरा प्रष्ट गरिदोएका छन् ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर