• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 25, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

मुस्कान सहितको सेवा दिन्छौं जिल्ला अस्पताल बाजुराका अध्यक्ष कार्की

जिल्ला अस्पताल बाजुरा August 5, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मिन बहादुर खड्का बाजुरा – जिल्ला अस्पताल बाजुराका व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर कार्कीले अस्पतालमा आउने बिरामीहरुलाई मुस्कान सहितको सेवा प्रदान गर्ने बताउनु भएको छ । शुक्रबार जिल्ला अस्पताल बाजुरामा पत्रकार सम्मेलन गर्दै उहाले यस्तो बताउनु भएको हो । जिल्ला अस्पताल बाजुरामा मन्त्रालयले एमडीजिपी डाक्टर पठाउन आनाकानी गरेको समाचार स्वास्थ खबरले प्रकाशन गरेको थियो । राजनीतिकरण गरेर अस्पताल बाजुरामा डाक्टर नपठाइएको हल्ला बाहिरिए पछि जिल्ला अस्पताल बाजुराको व्यवस्थापन समितिले पत्रकार सम्मेलनको आयोजना गरेको हो ।

पत्रकार सम्मेलनमा जिल्ला स्थित पत्रकारहरुले जिल्ला अस्पताल बाजुराले एक जना निश्चित व्यक्ति नै पठाउनु पर्छ भन्ने माग गरेको, जिल्लामा डाक्टर पठाउनका लागि राजनीति पहुँचको अभाव, उपचारमा चिकित्सकको लापरबाही, राजनीति दलका नेताहरूले स्वास्थ क्षेत्रमा चाँसो नदेखाएको लगायतका बिषयमा समिक्षा समेत भएको थियो । समिक्षामा अस्पताल बाजुराले टाढाटाढाबाट उपचारका लागि आएका बिरामीहरुलाई प्रभावकारी सेवा दिन नसकेको पत्रकारहरूले गुनासो गरेका थिए । बिरामीहरुले अस्पतालमा डाक्टर नहुँदा घण्टौ सम्म कुर्नुपर्ने चिकित्सकहरुले सेवा दिदा समेत लापरबाही गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुले जिकिर गरेका थिए ।

पत्रकार सम्मेलन मार्फत जिल्लामा एमडीजिपी डाक्टर नआउनुको कारण राजनीतिकरण नभएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कार्कीले प्रष्ट पार्नु भएको छ । बिशेष गरी बाजुरामा डाक्टरहरु आउन नमानेका कारण डाक्टर आउन नसकेको उहाँको भनाई छ । उहाँले आफुले पटकपटक एमडीजिपी डाक्टर बाजुरामा अति आवस्यक रहेको भन्दै पत्राचार गर्दै आएको भएपनि मन्त्रालयले चाँसो नदेखाएको बताउनुभयो । अस्पतालको तर्फबाट बिरामीलाई प्रभाकरी सेवा दिनका लागि आफू लागी परेको बताउनुहँुदै बिरामीलाई जिल्ला असपताल बाजुरामै प्रभाकारी सेवा दिनका लागी स्थानीय प्रदेश र संग सरकार पनि जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।

यसमा जिल्ला स्थित राजनीति दलका नेताहरूको पनि खासै चाँसो नदेखाएको उहाँले धारणा राख्नुभयो । जिल्ला अस्पताल बाजुरामा हाडजोर्नी विशेषज्ञ, एमडीजिपि डाक्टर , स्त्री रोग विशेषज्ञ डाक्टरको आवश्यकता रहेको बताउनुहुँदै स्थानीय तह,प्रदेश र संघ सरकार सम्मको नेतृत्व गर्ने नेताहरू बाजुरामा भएपनि जिल्ला अस्पताल बाजुराका लागि आवश्यक डाक्टरको व्यवस्थापनमा समन्वय गर्न नसकेको उहाँको निष्कर्ष छ । साथै उहाँले जिल्ला अस्पताल बाजुरामा आवश्यक डाक्टरहरु ल्याउनका लागि पहल भैरहेको पनि पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।

यसका साथै अध्यक्ष कार्कीले आउदो भदौ महिनाबाट हाडजोर्नी विशेषज्ञ, एमडीजिपी डाक्टर ,स्त्री रोग विशेषज्ञ डाक्टर ल्याउने तयारी भैरहेको पनि अवगत गराउनुभयो । डाक्टरहरु ल्याउनका लागि अस्पताल व्यवस्थापन समितिको तर्फबाट पहल भैरहेको र भदौ सम्म आइपुग्न पक्का पक्की भैसकेको पनि अध्यक्ष कार्कीको भनाई रहेको छ । जिल्ला अस्पताल बाजुराका अनुसार स्त्री रोग विशेषज्ञ डाक्टर भने जिल्लामा ५ / ६ दिन भित्रै ल्याउने तयारी भैरहेको छ । पत्रकार सम्मेलनमा भएको समिक्षामा जिल्ला अस्पताल बाजुराले बिरामीलाई प्रभाकारी सेवा दिन नसकेको र यसमा व्यवस्थापन समितिको पनि च्रम लापरबाही रहेको भनेर पत्रकारले जिकिर गर्दै उठाएको प्रश्नको जवाफ दिनुहुँदै अध्यक्ष कार्कीले आगामी दिनहरूमा मुस्कान सहितको सेवा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पत्रकार सम्मेलन अस्पताल बाजुराका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मिलन जोशीले बाजुरा दुर्गम भएकै कारण यहाँ डाक्टरहरु आउन नमान्ने गरेको बताउनुभयो । एउटा त दुर्गम त्यसैमा खोजे जस्तो सेवा सुबिधा दिन नसक्ने हुँदा पनि डाक्टरहरु आउन नमाम्ने उहाँको भनाई छ । अस्पताल बाजुराले सेवा दिने क्रममा भएका कमिकमजोरीहरु आगामी दिनमा सुधार गर्दै जाने र बिरामीहरुको उपचारमा लापरबाही गर्ने चिकित्सकलाई आवश्यक कारवाही गर्ने सुपरिटेन्डेन्ट डाक्टर मिलन जाेशीले बताउनुभयो ।अन्य सेवा तथा उपचार नियमित भैरहेको भएपनि स्त्रीरोग विशेषज्ञ नहुदा गर्भवती महिलाको उपचारमा समस्या हुने गरेको डाक्टर जोशीको भनाई छ । अव तत्कालै स्त्रीरोग विशेषज्ञ डाक्टर ल्याउनका लागी पहल भइरहेकाे उहाँकाे भनाई छ ।

अस्पताल बाजुराले अस्पतालमा आउने बिरामीहरुको उपचारमा कुनै समस्या नहोस् भन्ने उदेश्यले निरन्तर काम गरिरहेको अस्पताल व्यवस्थापन समितिको दावी छ । अस्पतालमाले यस्तो दावी गर्दै आएको भएतापनी बिरामीहरुले समयमा उपचार पाउन सकेका छैनन् । प्रभावकारी सेवा अस्पतालले दिन सकिरहेको अवस्था छैन । कहिले अक्सिजनको अभाव कहिले डाक्टरको अभाव हुने यी यावद समस्याहरु पटकपटक अस्पताल बाजुरामा दोहोरीदै आएका छन् । जटिल समस्याका बिरामीहरुको उपचार जिल्ला भित्रै हुन सकेको छैन । केही बर्ष अगाडि जिल्ला भित्रै हुने उपचारका लागि समेत जिल्ला बाहिर जानुपर्ने बाध्यता छ ।

बिशेष गरी जिल्ला अस्पताल बाजुरामा एमडीजिपि तथा बिशेषज्ञ चिकित्सक नहुदा समस्या भएको छ । सामान्य घाउ देखी हड्डीको अप्रेसनका लागि पनि जिल्ला बाहिर पठाउनु पर्ने बाध्यता अझै हटेको छैन । ३ बर्ष देखी एमडीजिपि तथा बिशेषज्ञ चिकित्सक नहुदा बिरामीहरु जिल्ला बाहिर जानुपर्ने बाध्यता रहदै आएको छ । ३ बर्ष पहिला स्वास्थ्य मन्त्रालयको सहकार्यमा निक साइमन्स इन्स्टिच्युटलले NIS ( Nick simons institute ) जिल्ला अस्पताल बाजुरामा एमडीजिपि चिकित्सक डा. दुर्गा मर्हजन हुनुहुन्थ्यो । उहाँ गइसकेपछि नयाँ कोही नआउदा बाजुराबासीले समस्या भोग्दै आएका छन् ।

अहिले सामान्य बिरामीको जाँच तथा अन्यत्र र्पुयाएर उपचार गराउनुपर्दा आर्थिक व्ययभार खेप्नुपर्ने परेको छ । पहिला जिल्लामा एमडीजिपि हुदा एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल, पाइल्स, हड्डी भाँच्चिएको लगायत अप्रेशन सेवा जिल्ला अस्पतालबाटै प्रदान भइरहेको थियो । तिन बर्ष देखी यो कुनै पनि रोगको बाजुरा उपचार नभएको अस्पतालले जनाएको छ ।बर्षमा छात्रबृत्ति बाट २० जना बढी एमडीजिपि उत्पादन हुने गरेका छन् । अहिले पनि १८ जना रहेका थिए, तर बाजुरा पनि एकजना पनि पठाएको छैन ।

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑