
मिन बहादुर खड्का बाजुरा- खप्तड छेडेदह गाँउपालिकामा जातिय छुवाछुत, महलिा हिसा ,बालविवाह र बिभेदिकरण सम्बन्धि एक दिने अभीयान सम्पन्न भएको छ । दलित महलिा शसक्तिकरण सँस्था को आयोजनामा खप्तड छेडेदह गाउँपालिका को समन्वयमा एक दिने अभीयान सम्पन्न भएको हो । उक्त गाँउपालिकामा रहेका प्रत्यक वडामा गठित आमा समुह किशोरी समुह लगायतको उपस्थितिमा नारा जुलुस सहित औपचारिक कार्यक्रम गरि एक दिन अभियान सम्पन्न गरिएको दलित महिला शसक्तिकरण बाजुराले जनाएको छ । समजमा परमपरा देखि नै जरो गाडेर बसिरहेका प्रमुख समाजिक समस्याका रुपमा रहेका जातयि छुवाछुत, महलिा हिसा ,बालविवाह, र छाउपडी पर्था, लगायतका बिकृति र बिसंगतिको अन्त्यमा सहयोग पुग्ने खालका सचेतनामुलक कार्यक्रमहरु जुलुस सडक नाटक, नित्य लगायतका कार्यक्रमहरु पनि गरिएको बताइएको छ ।

सनिवार दलित महिला शसक्तिकरण बाजुराका शाखा प्रमुख नरेन्द्र बि.क को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अथिति गाँउपालिकाका अध्यक्ष दिल बहादुर रावत रहनु भएको थियो । कार्यक्रममा अन्य वडा अध्यक्ष प्रहरी पत्रकार, स्थानिय लगायत करिव चार सय जनाको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अथिति समेत रहनुभएका अध्यक्ष रावतले समाजमा व्याप्त जातिय बिभेद महिला हिँसा, बालविवाह र बिभेदिकरणको अन्तयका लागि सवैले हातेमालो गर्दै अगाडी बढ्नुपर्नेमा जाेड दिनुभएकाे थियाे । साथै उहाँले यस्ताख थुप्र प्रकारका बिभेदहरुको अन्त्य गर्नका लागि पालिकाको तर्फबाट आफु प्रतिवद्ध रहेको बताउनु भएको थियाे ।
अध्यक्ष रावतले प्रमुख समस्याहरुको समाधान गर्ने उद्श्यले गाँउपालिकामा अभियान संचालन गरेको भन्दै धन्यवाद समेत व्यक्त गर्नुभयो । यो अभियानले यि बिकृतिहरु र बिसंगतिहरुको अन्त्यमा बिशेष सहयोग पुग्ने अध्यक्ष रावतको बिश्वास छ । साथै पालिकाको तर्फबाट पनि यस्तखान अभियानहरु संचालन गर्न अभ्यक्ष रावतले कार्यक्रममा बताउनुभएको थियो । यस्तै कार्यक्रममा बोल्दै दलित महिला शसक्तिकरणका शाखा प्रमुख बि.कले सामाजिक कुसस्कारहरुको अन्त्यका लागि हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै सामाजिक बिकृति र बिसंगतिको निरुपरण र अन्त्य गर्नु सवैको दायित्व रहेको बताउनु भएको थियो ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर