
काठमाडौं– पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने ३४७ जना संक्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा दुई हजार ३६० पीसीआर परीक्षणमा ३०३ जना र १५२८ एन्टिजेन परीक्षणमा ४४ जना गरी ३४७ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै थप ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार १७७ पुगेको छ ।
जसमध्ये तीन हजार ३५ जना होम आइसोलेसनमा र १४२ जना संस्थागत आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये २२ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा छन् ।
पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै काठमाडौं जिल्लामा १६९ जना संक्रमित भेटिएका छन् । त्यस्तै ललितपुरमा ३५, कास्कीमा २७, मोरङमा १७ र भक्तपुरमा १२ जना संक्रमित भेटिएका छन् ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर