• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 17, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

कालाजारले बाजुरामा एकजनाको मृत्यु

खप्तड मालिका न्युज July 21, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा– बाजुराको बुढिनन्दा नगरपालिका १ बस्ने ५२ बर्षिय पर्वलाल गुरुङ्गको कालाजारका कारणले मृत्यु भएको छ । कालाजार बाट थलिएका पर्वलाल उपचार अभाबमा मृत्यु भएको स्थानिय हिक्मत वडले वताएका छन् ।
सरकारले कालाजारको जाँच देखी उपचार सम्म निशुल्क गर्ने व्यबस्था गरेको भएपनि पर्वलालको भने उपचार नपाएर मृत्यु भएको छ । कालाजार बाट थलिएका पर्वलाललाई कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रले रिफर गरेको थियो । तर पर्वलाल सँगै पैसा नहुदा उपचारमा अभाबमा घरमै मृत्यु भएको उनकी श्रीमति पानकला गुरुङ्गले वताईन् । पर्वलालको मृत्यु सँगै उनको तिन परिवार बिच्चलीमा परेको छ ।
कालाजार बाट निकै सिकिस्त थिए, आफुहरुले नेपालगञ्ज वा काठमाडौ जानु भनेका थियौ प्राथमिक स्वास्थ्य केन्द्र कोल्टिका डा. चेत बहादुर धामिले वताए । पर्वलाल कालाजारले निकै सिकिस्त थिए, उनलाई यहाँ उपचार सम्भब थिएन्, हामीले सक्ने जति उपचार गरेको डा. धामिले वताए ।
कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रले उनलाइ नेपालगञ्ज रिफर गरेको थियो, तर पैसा भएन आफन्तले घरमा लगेका थिए । पैसाको जोहो धेरै ठाउँमा हारगुहार गरेका थियौ, कतै बाट पैसा नपाएपछि उपचारमा लग्न नसकेर मृत्यु भएको श्रीमति पानकलाले रुदै भनिन् ।
कोल्टि क्षेत्रमा २ बर्ष पहिला कालाजार बाट एकजना वालिकाको पनि मृत्यु समेत भएको थियो । स्वामीकार्तिक गाँउपालिका ५ जेरा बस्ने १३ बर्षिय भाग्य शाहिको उपचारका क्रममा काठमाडौको कान्ति वालअस्पतालमा मृत्यु भएका हो ।
तराईका जिल्लामा देखिने कालाजार रोग बाजुरामा पनि देखा पर्न थालेको छ । बाजुराको उत्तरी क्षेत्रका स्थानिय तहमा कालाजारका बिरामी भेटिरहेको बुढिनन्दा नगरपालिका स्वास्थ्य सह संयोजक ओमजङ्ग शाहिले वताएका छन् ।
बाजुरामा जिल्लामा २ बर्ष यता १४ जनामा चेकजाच गर्दा कालाजार भेटिएको छ । कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा १३ र एक जिल्ला अस्पताल बाजुरामा गरि १४ जनामा कालाजार भेटिएको छ । कालाजार कर्णाली नदि सँगै जाडिएको स्वामिकार्तिक खापर, जगन्नाथ, हिमाली गाउँपालिका र बुढिनन्दा नगरपालिकामा भेटिएको हो ।
कालाजारको उपचार बाजुरामा हुने भनेपनि कहिले औषधि नहुने समस्याले जिल्ला बाहिर नेपालगञ्ज, धनगढी, सुर्खेत जानुपर्ने बाध्यता रहेको छ । बाजुरा बाट रिफर गरेर धनगढी नेपालगञ्ज पठाइने गरेको अस्पताल बाजुराले जनाएको छ । तराई मात्र देखिने यो रोग पहाडि क्षेत्रमा देखिने कालाजार सरुवा रोग भएकाले समयमै सरकारको ध्यान जान जरुरी रहेको नागरिक अगुवा प्रदिपराज जैशीले वताएका छन् ।
कालाजार रोग तराई जिल्लामा मात्र देखा पर्ने रोग हो । पछिल्लो समयमा पहाड तिर पनि देखा पर्ने थालेको छ । यो रोग भुसिनाको टोकाइ बाट हुने र भुसिनाको टोकाइ बाट सर्ने रोग हो । यो रोगको लक्षण ज्वरो आउने, तौल घटने, कलेजो र फियोमा असर पार्ने र अन्य संक्रमण फैलिएर मृत्यु हन सक्ने रहेको डा. जस्मिता बलमपाकिले वताईन् । कालाजारको उपचार बाजुरामा हुदैन्, । उपचारका लागि नेपालगञ्ज धनगढी जानु पर्ने रहेको स्वास्थ्यकर्मीले वताएका छन् ।
स्वास्थ्य कार्यलय बाजुराका प्रमुख महेश चन्दले भने त्यो क्षेत्रमा कालाजार रोग देखा परेको बताएका छन् । यो क्षेत्रमा ३ बर्ष पहिला मलरिया रोग समेत देखा परेको थियो । अहिले फाटफुट रुपमा कालाजार देखा परदै आएको स्वास्थ्यकर्मीले वताएका छन् । बाजुराका बुढिन्नदा नगरपालिका, स्वामिकार्तिक, हिमाली र जगन्नाथ गाँउपालिका निकै जोखिम रहेको जिल्ला स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । यी स्थानिय तह निकै बिकट भएकाले कालाजार सम्बन्धि चेतना र नियन्त्रणका लागि पहल नगरे माहामारी फैलन सक्ने स्वास्थ्यकर्मीले वताएका छन् ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑