• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 30, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

योजना हालेको कमिसन माग्दै थुमा मा.वीका लेखापाल जोशी, भवन बन्न सकेन जोशीकै कारण रकम फृज गएको स्थानीयको आरोप

खप्तड मालिका न्युज July 21, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मिन बहादुर खड्का बाजुरा, जिल्लाको बुढीगंगा नगरपालिकामा रहेको थुमा मा.वीका लेखापाल प्रभुराज जोशीले योजना हालिदिएको भन्दै कमिसन लिएको खुल्न आएको छ ।

खप्तड छेडेदह गाउँपालिका वडा न. ३ मा अवस्थित श्री त्रिवेणी आधारभुत बिद्यालयमा योजना आफुल्र हालेको भन्दै रु २ लाख रुपैयाँ कमिसन मागेको खुल्न आएको हो ।

स्थानीयका अनुसार रु जोशीले १ लाख रुपैयाँ लिसकेको र फेरि १ लाख रुपैयाँ दिनुपर्ने नदिएमा फ्रीज जाने बताउदै आएको पाइएको छ । अन्ततः जोशीकै कारण बिधालयको भवन निर्माणामा ढिलाई हुँदा रकम फृज गएको स्थानीयको आरोप रहेको छ । जोशीले आफुले भवनका लागि रकम बिनियोजन गराएको भन्दै आफुलाई रु २ लाख रुपैयाँ दिनुपर्ने अन्तिम अडान गर्दै आएको स्थानीयले बताएका छन् । जोशीले आफ्नो अडान नछोडेपछी स्थानीय रु १८ लाख लागतमा बन्ने भवन १६ लाखमा बनाउन नसकिने भन्दै भवन निर्माणको काम रोकिएको पनि स्थानीयको भनाई छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णराज जोशीका अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत दुई कोठे भवन निर्माणका लागि आर्थिक बर्ष २०७८,७९ बाट रु. १८ लाख रुपैयाँ बजेट बिनियोजन भएको थियो । सोही रकम आफ्नो समन्वयमा ल्याइएको भन्दै जोशीले दुई लाख रुपैयाँ लिन खोजेको आरोप छ । आफुले भनेको नमाने रकम फ्रीज जाने अभिव्यक्ति समेत दिने गरेको स्थानीयको भनाई छ । लेखापाल जोशीले यस अघि पनि दर्वन्दी नलिने सर्तमा २०७६ सालबाट संघीय सरकारबाट रु १० लाख बार्षिक अनुदान पनि आफुले ल्याएको भन्दै आफ्नो श्रीमतीलाई बिद्यालयमा शिक्षिका नियुक्त गर्नुपर्ने माग राखेका थिए । हाल जोशीकि श्रीमती उक्त बिद्यालयमा कार्यरत छन् ।

रु. १८ लाखमा निर्माण गर्नुपर्ने भवन रु दुई रुपैयाँ जोशीलाई दिनुपर्ने भएपछि १६ लाखमा निर्माण कार्य सम्पन्न गर्न कठिन हुने हुँदा निर्माण कार्य सुरु हुन नसकेको र अन्ततः रकम फृज गएको बि व्य स अध्यक्ष कलक रावतले बताए ।

बिद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष तुल बहादुर खड्कालाई सोध्दा आफ्नै हातबाट विद्यालयबाट रु १ लाख लिसकेको बताए । जोशीले बिद्यालय व्यवस्थापन समिति संग रु दुई लाख दिनुपर्ने भनी सम्झौता समेत गरेको उनले बताए । जोशीले आफ्नो सर्त नमानेमा रकम फृज पनि जान सक्ने बताउदै आएपछि रु दुई लाख दिन स्थानीय पनि तयार भएका हुन् । १८ लाख रुपैयाँ फृज जानुभन्दा त १६ लाख रुपैयाँ भएपछि बरु श्रमदान गरेर भएपनी भवन निर्माण गर्ने तयारी गर्दा अन्ततः रकम फृज गएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कलक रावतले बताए ।

यता गाउँपालिकाका शिक्षा शाखा प्रमुख गणेश पौडेललाई सोध्दा निर्माण कार्य सम्पन्न भैसक्नुपर्ने वेला सम्म पनि निर्माण कार्य सुरु समेत नभएपछि रकम फृज गएको बताउनुभएको छ । उहाँका अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगतका भवनहरु असार मसान्तसम्म सम्पन्न भैसक्नुपर्ने हो तर निर्माण कार्य सम्पन्न भैसक्नुपर्ने बेला सम्म पनि निर्माण कार्य समेत सुरु हुन नसकेपछि अन्ततः रकम फृज गएको बताइएको छ । उक्त भवनको सम्झौता भैइ रु ७ लाख पेस्की समेत लिएपछि छिटो निर्माण कार्य सुरु गर्न गाउँपालिकाले टाकेदा गर्दा पनि काम सुरु नहुदा रकम फृज गएको उहाँको भनाई छ । हामिले छिटो काम सुरु गर्नुस भनेका हौं । तर उहाँहरुले काम सुरु गर्नुभएन । यदि काम सुरु मात्रै भएको भएपनि रकम फृज जाने थिएन उहाँले भन्नुभयो ।

उसो त बढी लापरबाही यसमा स्थानीयको नै देखिन्छ । निर्माण कार्य सम्पन्न भैसक्नुपर्ने वेला सम्म निर्माण कार्य समेत सुरु नहुनुले स्थानीय स्वयंम र बिद्यालय व्यवस्थापन समितिको पनि चरमलापरवाही नै हो । स्थानीय बिद्यालय व्यवस्थापन समितिलाई आरोप लगाउन्छन । तर यसको प्रमुख दोषी भने लेखापाल जोशीनै रहेको स्थानीयले आरोप लगाएका छन् । जोशीले रु दुई लाख आफुलाई दिनुपर्ने अडानले यो अवस्था सिर्जना भएको स्थानीयको बुझाई छ । १८ लाख लागतमा निर्माण गर्नुपर्ने भवनको निर्माण कार्य सम्पन्न रु. १६ लाखमा मात्र गर्नुपर्ने अवस्था सिर्जना हुँदा उक्त भवन निर्माणको जिम्मेवारी लिन नत स्थानीय तयार भर नत कुनै ठेकेदार नै ।

जोशीले बिद्यालयमा आएका योजनाहरु आफुले ल्याइदिएको भन्दै पटकपटकपटक बेमानी गर्दै आइरहेका छन् ।

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑