• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Wed, 24, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

असहाय गरिबको सहारा बन्दै जयपृथ्वी नगरपालिका बझाङ्गका मेयर चेतराज बजाल ,जनभावना अनुरुप कार्य गर्ने प्रतिबद्वता।

खप्तड मालिका न्युज July 14, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

प्रदिप मलासी, बझाङ्ग– जयपृथ्वी नगरपालिका बझाङ्गका मेयर चेतराज बजाल असहाय गरिबको सहारा बनेर जनसेवा गर्ने कार्य लाई तिव्रता दिदै आएका छन ।
बिगतकाे स्थानीय सरकारको भन्दा फरक र नयाँ नीति तथा कार्यक्रम ल्याउदै पृथक पहिचान बनाउन सफल भएका मेयर चेतराज बजाल निर्वाचित भए लगतै २०७८ असोज ३० गते देखि कार्तिक ३ गते सम्म आएको बेमौसमी बर्षाले भिषण बाढी पहिरोले पुरिए र बस्ती खेतियोग्य जमिन जोखिममा परेका जयपृथ्वी नगरपालिका ३ को ङुग्री खोला , वडा न ५ को डिलगाड र भेलखोला वडा नं ७ सुवेडा बिच गाउँ हुँदै बग्ने खोला , वडा नं ४ को गोलाई गाड लगाएतका नदि खोलामा मेसिनको प्रयोग गरि खोला सोर्ने र बस्ती खेतियोग्य जमिन बचाउने जनहितकारी कार्य लाई पहिलो प्राथमिकता दिदै मेयर बजालले नगरवासी लाई बाढीको त्रास मुक्त गराएका हुन । देशभरकै स्थानीय तहको भन्दा फरक र नौलो नीति तथा कार्यक्रम ल्याएर नगरको मुहार फेर्ने बिश्वास लिएका मेयर बजालले आर्थिक वर्ष २०७९/ ८०को नीति तथा कार्यक्रममा हरेक वर्ष जेहेन्दार गरिव दलित पिछडिएको वर्ग समुदाय वाट १ जना बिध्यार्थी लाई एम बि बि एस डाक्टर पढाउने, दलित बिकास संघ गठन ,महिला बिकास संघ गठन, नगर बस संचालन कृषि एम्बुलेन्स लगाएतका लोकप्रिय कार्यक्रम ल्याउदै नगर लाई फरक तरिकाले बिकास गर्दै नमुना नगर बनाउने लक्ष्य पूरा गर्ने तिव्र सोचका धनी बजालले जनता संग मेयर कार्यक्रम लाई कागजी महल नबनाई असहाय, गरिब दिन दुखि नगरवासीकै घर आँगनमा पुगेर सहयोग गरि जनसेवा लाई निरन्तरता दिएको छ ।
जनसेवा नै जनप्रतिनिधिको मुलभुत लक्ष्य मादै राजनितिक यात्राका विभिन्न व्यवस्था परिवर्तनमा संघर्ष जेल जीवन र अनबरत क्रान्ति गर्दै आएका मेयर चेतराज बजालले आज जयपृथ्वी नगरपालिका ५ डिल गाउँ कि ३५ वर्षिय बिधा देवी जोशी यही असार २५ गते पानी खान हिउँ लाउने डाँडा वाट चिप्लिएर भिरमा खसी मृत्यु भएको खवर प्राप्त भए पछि मेयर बजाल उहाँकै घरमा पुगि उनका एक मात्र सन्तान ज्योति प्रकाश जोशी लाई क्रिया खर्च स्वरुप जनता संग मेयर कार्यक्रम वाट रु २५ हजार समबेदना राहत प्रदान गरेका छन ।
उक्त राहत प्रदान कार्यक्रममा जयपृथ्वी नगरपालिका ५ का वडाअध्यक्ष प्रेम थापाले रु१० हजार सोही गाउका शिक्षक भक्त ब सिंहले २हजार सि आई सी नेपाल लघुबित्तका प्रमुख नरेन्द्र बिष्टले २ हजार पुजा जोशीले रु ५ सय मृतक जोशीका छोरा ज्योती प्रकाश जोशी लाई सहानुभुति राहत हस्तान्तरण गरेका छन ।
दिनेश रामजी बहुप्रबिधिक शिक्षालय चौतारा सिन्धुपाल्चोकमा सिभिल ईन्जिनियर तेस्रो वर्षमा अध्यनरत ज्योति प्रकाश जोशीका बुबा बिष्णुभक्त जोशी भारतको दिल्लीमा रोजगारीको सिलसिलामा २७ वर्षको उमेरमा मृत्यु भएको थियो ।
७ वर्ष अगाडि गोरु गोठालो गएका बेला सोही भिर वाट चिप्लिएर मृत्यु भएका ज्योति प्रकाश जोशीका कान्छा भाई अशोक जोशीको मृत्युले आमा छोरा लाई पिरोलेका बेला फेरि आमाको मृत्यु पछि ज्योति प्रकासको सहारा कोही नरहेको बेला धर्य भएर अगाडि बढने आँट हिक्मत गरे स्थानीय सरकार अभिभावक बन्न तयार रहने मेयर बजालको आश्वासन दिदै शोक लाई शान्त्वनामा बदलेका छन ।

एकल महिलाको रुपमा रहेकि बिधा देवी जोशीको कठोर मेहनतमा सिभिल ईन्जिनियर अध्ययन गरिरहेका ज्योति प्रकाश जोशीका आमा बाहेक अरु अभिभावक कोही थिएन ।
मृत्युको सोकमा निस्किएका आँसु नसुक्दै परिवार भरिकै एकल रहेका ज्योतिको अभिभावक म छु भन्ने कोही नभएका बेला जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजाल घर आँगनमै अभिभाबकत्व लिएर उपस्थित भए छन ।
बुबा आमा र कान्छो भाइ गुमाएको पिडाको भारि बोकि रहेका ज्योति प्रकाश भन्छन मेरो यो संसारमा कोही रहेन म कसका लागि बाच्ने सोचेका बेला जयपृथ्वी नगरपालिका मेयर चेतराज बजालले मलाई दिएको सहानुभुतिले आफ्नो पीडा हलुको बनाएको ज्योति प्रकाशले बताए ।
उनले भने आज यो पीडा मलाई छ भोलि अरुलाई पनि होला नगर भरिकै असहाय गरिबको घर आँगनमै आएर सहारा दिने जनप्रतिनिधि नगरले पाउँदा आज मेरो शोक शान्तिमा परिणत भएको छ । यो सहयोगले मलाई बाच्ने सहास दिएकोमा जयपृथ्वी नगरपालिका मेयर चेतराज बजाल लाई हृदय देखि धन्यवाद सहित दिएका छन ।
२०४९ सालमा तत्कालिन जिल्ला बिकास समिति सभापति हुदा पनि बझाङ्ग जिल्ला लाई चिन संगको नाका बिस्तार गरि चैनपुर ताक्लाकोट सडक सुरुवात गर्दै बझाङ्ग बिकास लाई नयाँ युग संग जोडन खोज्ने मेयर बजालको त्यति बेलाको प्रमुख योजना जस्तै अहिले नगर लाई देश भरकै अरु पालिका भन्दा नमुना पालिका बनाउने सोच बिचार मेयर बजालको अहिले पनि कायमै छ ।

सम्बन्धित पोस्ट
  • कक्षा १२ को नतिजा सार्वजनिक
  • बाजुरामा दाँते ओखर खेती (तस्वीर)
  • ‎बुढिगंगामा दुईदिने डिजिटल मिडिया तथा भिडियो डकुमेन्ट्री तालिम सुरु
  • बाजुरामा चक्कु प्रहारबाट महिला घाईते
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    कक्षा १२ को नतिजा सार्वजनिक

    बाजुरामा दाँते ओखर खेती (तस्वीर)

    ‎बुढिगंगामा दुईदिने डिजिटल मिडिया तथा भिडियो डकुमेन्ट्री तालिम सुरु

    समाचार

    कक्षा १२ को नतिजा सार्वजनिक

    बाजुरामा दाँते ओखर खेती (तस्वीर)

    ‎बुढिगंगामा दुईदिने डिजिटल मिडिया तथा भिडियो डकुमेन्ट्री तालिम सुरु

    बाजुरामा चक्कु प्रहारबाट महिला घाईते

    बाजुरामा पाेखरीकाे पानीमा डुवेर एक बालिकाकाे मृत्यु

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑