
धनगढी– सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश रावलले बुधबार आर्थिक वर्ष २०७९/०८० का लागि प्रदेश सभामा बजेट प्रस्तुत गरे। मन्त्री रावलले ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार बजेट प्रस्तुत गरेका हुन्। प्रदेशको पहिलो सरकारको अन्तिम बजेट मन्त्रीको निर्वाचन क्षेत्रमा केन्द्रित भएको आरोप लागेको छ।

पहुँच तथा शक्तिमा रहेका मन्त्रीहरुले आ–आफ्नो क्षेत्रमा बजेटको ओइरो लगाएको सुदूरपश्चिमका पूर्वअर्थमन्त्री झपटबहादुर बोहराको आरोप छ। उनले प्रदेश सरकारका मन्त्रीहरुले आफू अनुकुलको बजेट ल्याएको बताए। पूर्वमन्त्री बोहराले भने, ‘प्रतिपक्षलाई बजेटमा समेटिएको छैन। सत्ता पक्षका केही मन्त्रीको शक्तिमा बजेट आएको छ।’
सुदूरपश्चिम प्रदेश सरकारले कुल बजेटको झण्डै आधा बजेट भौतिक पूर्वाधार निर्माणका लागि विनियोजन गरेको छ। तर अधिकांश योजना भने टुक्रे छन्। यसले प्रदेश सरकारको बजेट चुनाव लक्षित र कार्यकर्ता पोस्न केन्द्रित हुने आशंका गरिएको छ।
प्रदेश सरकारले कृषि र पर्यटन क्षेत्रको बजेट कटौति गरेको छ। मन्त्रीका निर्वाचन क्षेत्रहरुका भौतिक संरचना निर्माणमा पहिलो प्रदेश सरकारको अन्तिम बजेट केन्द्रित भएको नेकपा एमालेका प्रमुख सचेतक लिलाधर भट्टले बताए।
सुदूरपश्चिम प्रदेश सरकारको छैठौं बजेट निर्वाचन केन्द्रित भएको आरोप पनि उनको छ। यस्तै खेल क्षेत्रलाई पनि प्राथमिकतामा नराखेको आरोप लागेको छ। प्रदेश सांसदको तजवीजमा खर्च हुँदै आएको पूर्वाधार विकास कार्यक्रम भने प्रदेश सरकारले खारेज गरेको छ।
आर्थिक मामिलामन्त्री प्रकाश रावलले भने प्रदेश सरकारले सन्तुलन बजेट ल्याएको बताए। चालु आर्थिक वर्षमा पनि शक्तिको आडमा योजना छनोट र कार्यान्वय भइरहेका छन्। योजना कार्यान्वयनमा कमिसन पनि मन्त्रीसम्म नै पग्ने गरेको आरोप लाग्दै आएको छ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर