• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 16, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

कस्तो ल्याउँदैछ सुदूरपश्चिम प्रदेशको पहिलो सरकारले अन्तिम बजेट ? बजेटको आकार बढ्ने

खप्तड मालिका न्युज June 14, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट ल्याउने तयारी गरेको छ। यो बजेट सुदूरपश्चिम प्रदेशको पहिलो सरकारको अन्तिम बजेट हुनेछ। संघीयतापपछि २०७४ मा गठित पहिलो प्रदेश सरकारले कार्यकालको उत्तरार्धमा ल्याउने यो बजेट छैटौं हो।

असार १ गते प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न तयारी पूरा भएको प्रदेश सरकारले जनाएको छ। अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिएर केही थप नयाँ कार्यक्रमसहित आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारी भइरहेको हो। प्रदेशको नीति तथा योजना आयोगले पहिलोपटक पञ्चवर्षीय योजनासहित २५ अर्बको बजेट सिलिङ तोकेर पठाएको भए पनि संघीय सरकारबाट प्रदेशलाई प्राप्त हुने अनुदान रकम बढेर आएपछि आगामी बजेटको आकार बढ्ने प्रदेश सरकारले जनाएको छ।

नीति तथा योजना आयोगले पठाएको बजेटको सिलिङभन्दा थोरै आकार बढाएर बजेट सार्वजनिक हुने आर्थिक मामिला मन्त्रालय सुदूरपश्चिमका सचिव जितेन्द्र बस्नेतले बताए। ‘प्रदेश सरकार गठनको पहिलो ५ वर्षे कार्यकाल सकिनै लागेको छ,’ उनले भने, ‘पहिलो ५ वर्षे कार्यकालको यो अन्तिम बजेट भएकाले अधिकांश पुराना कार्यक्रमहरुलाई सम्पन्न गर्ने गरी बजेट विनियोजन हुनेछ।’ केही थप नयाँ कार्यक्रमसहित मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सुदूरपश्चिम सरकारले अन्तिम बजेट सार्वजनिक गर्ने उनले बताए।

आगामी आर्थिक वर्षको बजेट ३३ अर्बको हाराहारीमा आउने प्रदेश सरकारले बताएको छ। कृषि, उद्योग, पर्यटन, पूर्वाधार विकासका योजनालाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी भइरहेको हो। चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजारको बजेट विनियोजन गरेको थियो। संघीय सरकारले प्रदेश सरकारले प्राप्त गर्दै आएको अनुदान रकम बढाएर पठाएपछि बजेटको आकार बढ्ने सचिव बस्नेतले जानकारी गराए।

प्राकृतिक विपद्मा परेकालाई राहत दिने खालको कार्यक्रम पनि बजेटको प्राथमिकतामा राखिएको छ। सुदूरपश्चिम प्रदेशमा बाढीपहिरो लगायत प्राकृतिक विपद्ले बर्सेनि ठुलो मानवीय र आर्थिक क्षति हुँदै आएकाले विपद् व्यवस्थापनलाई पनि उच्च प्राथमिकता दिएर बजेट निर्माण गरिएको प्रदेश सरकारको दाबी छ। विनियोजन विधियेकको उद्देश्य, सिद्धान्त, प्राथमिकता र नीति तथा कार्यक्रमसहित आगामी आर्थिक वर्षको बजेट आउनेछ।

साथै पञ्चवर्षीय योजनाको आधारपत्रका आधारमा बाँडफाँट हुने गरी बजेट ल्याउन लागिएको हो। नीति तथा योजना आयोगले तोकेको सिलिङभन्दा बजेट थोरै तलमाथि हुनसक्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नवराज ओझाले बताए। बजेटको आधारसहित प्रदेश सभामा विनियोजन विधेयक र नीति तथा कार्यक्रमलाई केन्द्रमा राखेर आगामी बजेट सार्वजनिक गर्ने प्रदेश सरकारको तयारी छ।

 

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑