
भरतपुर महानगरपालिका–१९ तमु टोलमा आज साँझ सेफ्टी ट्याङ्कीमा खसेर दुई जनाको मृत्यु भएको छ । स्थानीय रामप्यारी गुरुङको घरमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा उनीहरूको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा कपिलवस्तुको शिवराज नगरपालिका–९ घर भएका २४ वर्षीय छतिराम चौधरी र २३ वर्षीय रामु भनेर चिनिने डाक्टर चौधरी रहेका छन् ।

सफाइ गर्ने क्रममा छतिराम चिप्लिएर ट्याङ्कीमा खसेपछि उद्धार गर्न ट्याङ्की भित्र पसेका उनका भिनाजु नाता पर्ने डाक्टर चौधरीको पनि ट्याङ्कीमा पसेर मृत्यु भएको हो । उनीहरू लामो समयदेखि चितवन र आसपासका क्षेत्रमा ट्याङ्की सरसफाइ गर्ने काम गर्दै आएका थिए ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर