
बाजुरा– बुढीगंगा नगरपालिका ९ बासुरेका चन्द्रबहादुर शाहीका १६ बर्षिया छोरा धर्म शाही मृत्त फेला परेका छन् । घरबाट चार दिन पहिला मात्र काठमाण्डौ गएका थिए ।
काठमाण्डौ जिल्लाको कागेश्वर मनोहरा नगरपालिका ६ मुलपानीको लक्ष्मीनारायण मन्दिर नजिक रहेका ब्रदी प्रसाद कुईकेलको खाली जग्गामा जेठ १९ गते बिहान मृत्त अवस्थामा फेला परेका मृतकका अंकल हिक्मत्त शाहीले जानकारी दिए ।
मृतकका अंकल शाहीका अनुसार आफुले जेठ १८ गते काँडाधारी सनसिटी स्थित सुमन श्रेष्टले संचालन गरेको पासा मोटर साईकल वर्कशपमा कामको लागि छोडेर गएको थिए । १९ गते फोन मार्फत मृत्यू भएको खबर आयो ।
खाली जग्गामा घाटीमा सुतली र जुत्ताको डारीले बेरेको अवस्थामा मृत्त अवस्थामा फेला परेकोले त्यसको छानबिनको लागि बौद्ध प्रहरीमा उजुरी दिएको छ ।
निबेदन पछि घटनाको छानबिन गरी दोषिलाई कार्बाहीमा ल्याउन प्रहरीले बताएको छ । छानबिनमा सबैले सहयोग गर्न पनि प्रहरीले आग्रह गरेको छ ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर