• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 25, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

आफैंले प्रहरी फिर्ता बोलाए, सुरक्षा चुनौती भएको निर्णय गरे

खप्तड मालिका न्युज May 27, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं– बाजुराका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरुले निर्वाचन सुरक्षामा योजनावद्ध रुपमा लापरबाही गरेको भेटिएको छ ।
निर्वाचन आयोगको छानबिनले प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् डीएसपी चतुर्भुज ओझा र सशस्त्र प्रहरी बलका डीएसपी दिपक विष्टले निर्वाचन विथोल्ने गतिविधि गरेको पुष्टि भएको हो ।
‘निर्वाचन चलिरहेको अवस्थामा प्रमुख जिल्ला अधिकारी पौड्याल र डीएसपी ओझाले सुरक्षाकर्मीलाई फिर्ता बोलाएर मतदान केन्द्र नै सुरक्षाकर्मीविहीन बनाइदिए’ निर्वाचन आयोग स्रोतले भन्यो, ‘पछि उनैले निर्वाचनमा सुरक्षा हुन सकेन भनेर फेरि मतदान हुनुपर्ने भनी निर्णय गरेर आयोगमा पत्र पठाए ।’ त्यसमा उनीहरुको मिलेमतो देखिएको र निर्वाचनलाई प्रभावित पार्ने मनसाय पुष्टि भएको आयोगस्रोतले बतायो ।
निर्वाचनमा धाँधली भएपछि आयोगले आयुक्त सगुनशम्सेर जबराको नेतृत्वमा अध्ययन टोली नै बाजुरा पठाएको थियो । टोलीले दिएको प्रतिवेदनका आधारमा आयोगले फेरि मतदान गर्न बुढीगंगा नगरपालिकाको निर्वाचन अधिकृतलाई निर्देशन दिएको हो । प्रतिवेदनका आधारमा आयोगले प्रजिअ पौड्यालसहित डिएसपी ओझा र शसस्त्रका डिएसपी विष्टलाई जिम्मेवारीबाट हटाई विभागीय कारबाही गर्न निर्देशन दिएको हो ।
बुढीगंगाका केही वडाका मतदान अधिकृतहरुले दिउँसो ३ नबज्दै सुरक्षाकर्मीहरु मतदानस्थल छाडेर हिँडेको, बाहिर नेपाली सेनाको टोलीमात्रै रहेकाले निश्चित समूहले आफूखुसी मतदान गरेको भनी निर्वाचन अधिकृतलाई मौखिक विवरण टिपाएका थिए । निर्वाचन अधिकृत कृष्णप्रसाद सापकोटाले मुख्य निर्वाचन अधिकृतलाई सुरक्षाकर्मीको भूमिकामा नै प्रश्न हुनेगरी प्रतिवेदन पेश गरेका थिए ।
‘अधिकांश मतदान केन्द्रमा स्वतन्त्र, स्वच्छ र मर्यादित तवरले सम्पन्न नभएको, अधिकांश स्थानमा सुरक्षाकर्मीले मतदान केन्द्रमा खटिएका कर्मचारी. मतपेटिका लगायत निर्वाचन सामग्री छोडेर हिँडेको र मतदान अधिकृतबाट उल्लिखित व्यहोरा मौखिक रुपमा जानकारीमा आएको हुँदा’ उनले ३० वैशाख २०७९ मा पठाएको संक्षिप्त प्रतिवेदनमा भनिएको थियो, ‘आवश्यक निकासार्थ निर्वाचन आयोग नेपालमा पेश हुन हार्दिक अनुरोध गर्दछु ।’
उनले स्पष्ट रुपमा सुरक्षाकर्मीहरुको भूमिकामा प्रश्न उठाएका थिए । मतदान अधिकृतहरुले पनि प्रमुख जिल्ला अधिकारी पौड्याललाई घटनावारे जानकारी गराई सुरक्षाकर्मी पठाइदिन अनुरोध गरेका थिए, जसको कुनै सुनुवाइ भएन ।
स्रोतका अनुसार, महान्यायाधीवक्ता खम्मबहादुर खातीको प्रभावमा स्थानीय प्रशासनले मतदान केन्द्रबाट सुरक्षाकर्मीलाई फिर्ता झिकाएको थियो । प्रमुख जिल्ला अधिकारी पौड्याल र डीएसपी ओझाले सुरक्षाकर्मीहरुलाई फिर्ता बोलाएका थिए । सुरक्षाकर्मीको उपस्थितीविना बुथ कब्जा गर्ने पक्षलाई सहज गराउनका लागि सुरक्षाकर्मीहरुले मतदान केन्द्र छाडेर हिँडेका थिए ।
निर्वाचन अधिकृतले नै स्थानीय प्रशासन र सुरक्षा अधिकारीहरुको भूमिकामा प्रश्न उठाएर प्रतिवेदन तयार गरेपछि प्रमुख जिल्ला अधिकारी, सशस्त्र र नेपाल प्रहरीका जिल्ला प्रमुखहरु थप क्षति नियन्त्रण गर्ने उपायमा लागे । उनीहरुले निर्वाचनकै दिन जिल्ला सुरक्षा समितिको बैठक बोलाएर अनि स्वतन्त्र मतदानको वातावरण हुन नसकेको भन्दै अर्को मतदान गराउन सिफारिस गर्ने निर्णय गरे । जव कि जिल्ला सुरक्षा समितीलाई मतदान स्थगित गर्ने, अर्को निर्वाचन गराउने लगायतका अधिकार हुँदैन ।
उनीहरुले गरेको निर्णयमा सुरक्षाकर्मीको भूमिकाको विषय मौन छ । बरु अमूर्त रुपमा गम्भिर सुरक्षा चुनौती र खतरा भनेर फेरि मतदान हुनुपर्ने सिफारिस भएको छ । ‘निर्वाचनको क्रममा गम्भिर सुरक्षा चुनौती एवम् खतरा उत्पन्न भई मतदाताहरुले निर्धक्क र स्वतन्त्र रुपमा मतदान गर्ने वातावरण सिर्जना हुन नसकेकोले’ सुरक्षा समितीको निर्णयमा भनिएको छ, ‘बुढीगंगा नगरपालिकाको सम्पूर्ण निर्वाचन प्रकृयालाई रद्द गरी पुनः निर्वाचन कार्यक्रम घोषणा गरिपाउँन निर्वाचन आयोगमा अनुरोध गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय समक्ष लेखि पठाउने ।’
बैठकमा निर्वाचन आयोगले कारवाहीको सिफारिस गरेका प्रजिअ पौड्याल, डीएसपी ओझा र सशस्त्र प्रहरी बलका डीएसपी भट्टसहित नेपाली सेना, राष्ट्रिय अनुसन्धान कार्यालय र जिल्ला निर्वाचन कार्यालयका प्रतिनिधिसमेत थिए । यो निर्णयमा आपत्ति जनाई एमालेले तत्काल मतगणना हुनुपर्ने माग गरेको थियो भने कांग्रेसले फेरि मतदान हुनुपर्ने माग राखेको थियो ।
कांग्रेसले कब्जा गरेका दुई वडा बाहेक अन्यत्र आफ्ना शुभचिन्तकले उत्साहपूर्वक मतदान गरेकाले तत्काल मतगणना हुनुपर्ने र त्यसको नतिजा आफूहरुले स्विकार्ने एमालेको भनाइ थियो । कांग्रेसले भने आफ्नो शुभचिन्तकले ‘अलि बढी मत खसालेको’ दुईवटा वडा बाहेक अन्यत्र एमालेले बुथ कब्जा गरेकाले फेरि मतदान हुनुपर्ने माग गरेको थियो । दुवैले आफूमाथिको आरोप अस्वीकार गरी अर्को पक्षमाथि मतदान केन्द्र कब्जा गरेको आरोप लगाएका थिए ।
अनलाइनखबर

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑