• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 25, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बुढीगंगा नगरपालिका : ९९ प्रतिशत मत खसाएको कांग्रेस नै किन गरिरहेको छ पुन: मतदानको माग?

खप्तड मालिका न्युज May 21, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

बाजुरा- वैशाख ३० गते भएको निर्वाचनको मत परिणाम नै अन्तिम चरणमा छ। बाजुराका अन्य पालिकाको स्थगित निर्वाचनसमेत भएर परिणाम आइसक्यो। तर, बुढीगंगा नगरपालिकामा फेरि मतदान हुने वा पहिलेकै मत गणना हुने अन्योल कायम छ।

बाजुरा भूगोल भएका कांग्रेस एमालेका ‘ठूला नेता’ले साखको विषय बनाउँदा स्वतन्त्र मतदान हुन त सकेन नै। निर्वाचन आयोगले समेत निर्णय गर्न सकस परिरहेको छ। नेपाली कांग्रेसले पुन: मतदानको माग गरिरहेको छ भने नेकपा एमालेले मतदान भइसकेकाले गणना थाल्नुपर्ने अडान राखेको छ।

शक्ति प्रदर्शनले उत्पन्न समस्या
विवादित बुढीगंगा नगरपालिका कांग्रेस र एमालेका ‘ठूला नेता’हरुको गृहनगर हो। कांग्रेस नेता तथा सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी र कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र समेत रहेका महान्यायाधिवक्ता खम्मबहादुर खाती यही नगरबाट प्रतिनिधित्व गर्छन्।

नेकपा एमाले स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम सह-इञ्चार्ज कर्ण थापा, केन्द्रीय सदस्य तथा सांसद लालबहादुर थापा र पूर्व प्रदेशमन्त्री प्रकाश शाहको मतदान केन्द्र यही नगरपालिकामा पर्छ।

दुवै पक्षमा प्रभावशाली नेता भएका कारण गृहनगर जित्नैपर्ने दबाबका साथ उनीहरु चुनावअघिदेखि नै सक्रिय थिए। आ-आफ्ना निकटस्थ नेताहरुलाई टिकट दिलाउन समेत उनीहरुले कसरत गरे। महान्याधिवक्ता खातीका आफन्त तथा प्रदेशप्रमुख जोशीको देउवा गुटका नेता रंग खातीलाई मेयरको टिकट दिलाउने विषय कांग्रेसमा पेचिलो बन्यो।

खातीका विरुद्धमा उठेका नेकपा एमालेका उम्मेदवार रामबहादुर बानियाँ एमाले नेताद्वय कर्ण र लालबहादुरका आफन्त नै हुन्। पार्टीका कारण मात्र नभइ गुट र आफन्तका कारण समेत जिताउनैपर्ने दबाबमा ठूला नेताहरु परे।

त्यसको प्रतिछाँया निर्वाचनका दिन देखियो। कांग्रेस प्रभावशाली रहेको वडा नं ४ र ७ मा कांग्रेस कार्यकर्ता हाबी भए। उनीहरु एमालेका उम्मेदवार र मतदाता मात्रै लखेटेनन्, एउटै बुथमा ९९.४१ प्रतिशत मत खसाए।

No description available.

विगतमा पनि आफू प्रभावशाली रहेका क्षेत्रमा ‘एकलौटी’ गर्ने प्रयास कांग्रेस र एमालेले गर्ने गरेका थिए। त्यही क्रम दोहोर्‍याउने क्रममा वडा नम्बर २, ३, ५ र ९ मा एमालेका कार्यकर्ताले आफ्नो नियन्त्रणमा लिएर मतदान गरे।

यी ६ वटै वडाका मतदानस्थलमा झडप, उम्मेदवारमाथि कुटपिट र मतदाता लखेटिने घटना मतदानकै समयमा भएपनि गम्भीरतापूर्वक लिइएन। कांग्रेसको सरकार भएका ककारण उक्त पार्टीका कार्यकर्ताले कब्जामा लिएको वडा नं ७ र ९ मा प्रहरीले सुरक्षा कायम राख्यो र एकपक्षीय मतदानको मुकदर्शक बन्यो तर एमालेले नियन्त्रणमा लिएर मतदान गरेको भनिएका २, ३, ५ र ९ मा प्रहरीले मतेपटिका मतदान केन्द्रमै छाडेर हिँड्यो। पालिकाका मुख्य निर्वाचन अधिकृतलाई एमालेले कब्जा गरेका बुथको मतपेटिका नबुझ्न दबाब दिँदै एकदिन नियन्त्रणमा राखियो।

एमाले नेताहरुले बुझ्न र कांग्रेस नेताहरुले नबुझ्न दबाब दिएको भन्दै निर्वाचन अधिकृत उपसचिव कृष्ण सापकोटाले राजीनामा घोषणा गरे। उक्त पालिकामा निष्पक्ष निर्वाचन हुन नसकेको जानकारी माथिल्ला निकायमा गराए। त्यसपछि निर्वाचन आयोगले उक्ति पालिकाको मतगणना स्थगित गर्यो।

कांग्रेस नै किन भनिरहेको पुन: मतदान?
नेपाली कांग्रेसले नियन्त्रणमा लिएर मतदान गरेको आरोप लागेको वडा नं ४ स्थित थुमा मावि मतदानस्थलमा १ हजार ७ सय ९ मतदाता छन्। त्यसमध्ये १ हजार ६ सय ९९ मत खसाइएको छ। थुमामा जम्मा १० मत नखसेको हो। ९९ दशमल ४१ मत खस्नुले फर्जी मतदान प्रमाणित गर्छ।

 

कांग्रेसको प्रभाव क्षेत्र रहेको यो मतदान केन्द्रमा एमालेका पक्षमा एक तिहाइ भन्दा कम मत खस्ने विगतको तथ्यांक छ। यसैगरी वडा नम्बर ७ का एमालेबाट वडाध्यक्षका उम्मेदवार मन्नामे बिष्टलगायतले त्यहाँ लखेटिएको गुनासो गरेका छन्। मतदान सुरु भएको दुई घन्टामै त्यहाँ धाँधली सुरु भएको एमालेको आरोप छ। तर, यी मतदान केन्द्रको मतपेटिका सुरक्षाकर्मीकै पहरामा गणनास्थलसम्म पुगे।

कांग्रेसको थुमा मतदान केन्द्र जस्तै एमालेको त्रिशक्ति मावि मतदान केन्द्रमा प्रभाव छ। वडा ९ स्थित यो मतदान केन्द्रमा १ हजार ४ सय ८३ मतदाता संख्या छ। वैशाख ३० को निर्वाचनमा १ हजार ३ सय ४७ मत खसेको छ।

No description available.

९० दशमलव ८२ प्रतिशत मतदान पनि अपेक्षित होइन। त्यसबाहेक एमाले प्रभाव रहेका २, ३ र ५ मा पनि धाँधली भएको कांग्रेसको आरोप छ। सुरक्षाकर्मीले मतपेटिका छाडेर हिँडेका थिए। त्यसकारण कांग्रेसले स्वतन्त्र रुपमा मतदान नभएको आरोप लगाएको छ।

आफूले जम्मा दुई तर एमालेले चार बुथमा बढी मत खसाएको आशंका पछि कांग्रेस केन्द्रले नै पुन: मतदानको माग गरेको छ।
‘बुढीगंगा नगरपालिकाका विभिन्न मतदान केन्द्रमा नेकपा एमालेका कार्यकर्ताहरुले नेपाली कांग्रेसका उम्मेदवार र प्रतिनिधिहरुलाई आक्रमण गरी घाइते बनाउने, मतदान केन्द्रबाट लखेट्ने, थुनछेक गर्ने र मतदान केन्द्र आफ्ना कार्यकर्ताको नियन्त्रणमा राखी (बुथ कब्जा गरी) फर्जी मत हालेको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ,’ कांग्रेस एक हप्ता ढिलोगरी सार्वजनिक गरेको वक्तव्यमा भनिएकको छ।

कब्जा गरिएका मतदान केन्द्रका मतपेटिकाहरु बुझ्न बाध्य पारिएकोल नगरपालिकामा भयरहित वातावरणमा स्वच्छ र निश्पक्ष निर्वाचन हुन नसकेको कांग्रेसको बुझाइ छ। ‘निर्वाचनको निश्पक्षता, स्वतन्त्रता र पारदर्शितामा गम्भीर चुनौती दिने यस किसिमको जघन्य घट्नामा संलग्न उपर कानून बमोजिम कडा कारबाहीको माग गर्दै, नेपाली कांग्रेस त्यसरी कब्जा गरिएका मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा पुनः मतदानको व्यवस्था तत्काल मिलाउन निर्वाचन आयोगसमक्ष अनुरोध गर्दछ,’ कांग्रेसले भनेको छ।

त्यसअघि नेकपा एमालेले वैशाख ३० मै वक्तव्य जारी गरेर सरकारले निर्वाचन विथोल्न खोजेको आरोप लगाएको थियो। एमाले अध्यक्ष ओलीले जारी गरेको विज्ञप्तिमा भनिएको थियो, ‘बाजुराको बुढीगंगामा मतदान जारी रहेकै बेला रहस्यमय ढंगले सुरक्षाकर्मी हटाइ निर्वाचन विथोल्न खोजियो।’

आयोगको छानबिन तर अनिर्णित
बुढीगंगा नगरपालिकाको विवाद स्थानीयस्तरमै समाधान नभएपछि निर्वाचन आयोगले स्थलगत अध्ययनका लागि गत आइतबार निर्वाचन आयुक्त सगुनशमशेर जबरासहितको टोली बाजुरा पठायो।

उक्त टोलीले सदरमुकाम मार्तडी आएर सुरक्षा निकाय प्रमुख, राजनीतिक दलका प्रमुख, मतदानमा खटिएका निर्वाचन अधिकृतलगायतसँग घटनाबारे जानकारी लियो। दोस्रो दिन बुढीगंगास्थित स्थलगत अध्ययन समेत गर्यो। उक्त टोलीले अध्ययन प्रतिवेदन आयोगमा बुझाइसकेको बताइएको छ। तर, आयोगले उपयुक्त निर्णय लिन भने अझै सकिरहेको छैन।

पुन: मतदानको निर्णय गरिए एमाले उम्मेदवारले अदालतको ढोका ढक्ढक्याउने तयारी गरेका छन् भने त्यही मत गणना थालिए कांग्रेस उम्मेदवार अदालत जाने तयारीमा छन्।

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑