
बाजुरा : बडिमालिका नगरपालिकाका ९ ओटै वडाका २८ जना अनाथ तथा टुहुरा बालबालिकाहरुलाई शैक्षिक साम्रगी बितरण गरिएको छ । बडिमालिका नगरपालिका महिला बालबालिका तथा समाज कल्याण उप शाखाको समन्वय तथा युनिसेफको आर्थिक सहयोगमा शैक्षिक साम्रगी बितरण गरिएको हो ।


नगरपालिका भित्र रहेका अनाथ तथा असाय टुहुरा बालबालिका शैक्षिक सुधार गर्न सो साम्रगी बितरण गरिएको बडिमालिका नगरपालिका नगर प्रमुख पदम बडुवालले बताए । प्रति बालबालिका झोला, कापी डटपेन, ज्यामितीय बक्स लायतका शैक्षिक साम्रगी बितरण गरिएको महिला बालबालिका तथा समाज कल्याण उप शाखा सहायक महिला बिकाश निरीक्षक बिन्दु बडालले बताएकी छन ।

शैक्षिक साम्रगी बितरण कार्यक्रममा बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालको अध्यक्षतामा संचालन गरिएको थियो कार्यक्रममा बडिमालिका नगरपालिका उप प्रमुख कबिता बिष्ट र प्रमुख प्रशासकिय अधिकृत दाताराम प्याकुरेल र महिला बालबालिका तथा समाज कल्याण उप शाखा प्रतिनिधी शोभा शाही अतिथि रहेका थिए । सहायक महिला बिकाश निरीक्षक बिन्दु बडालले संचालन गरेको कार्यक्रममा नौ ओटै वडाका बालबालिकाहरुको सहभागीता रहेको थियो ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर