
रमित विक, बाजुरा, स्थानीय तह निर्वाचनलाइ लक्षित गर्दै नेकपा एमालेले आज घोषणापत्र सार्वजनिक गरेको छ । नेकपा एमाले गौमुल गाउँ कमिटीले स्थानीय तह घोषणा पत्र सार्वजनिक गरिएको छ ।
यहीँ वैशाख ३० गते हुने स्थानीय तहको चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रम आज सम्पन्न भएको गाउँ कमिटी अध्यक्ष देव बहादुर रोकायाले बताउनुभएको छ ।
नेकपा एमालेको केन्द्रीय सर्कुलर तथा निर्देशन अनुसार आज गौमुल गाउँ कमिटीले समेत घोषणा पत्र सार्वजनिक गरिएको हो । यसअघि गौमुल सरकारले गर्न नसकेका अधुरा काम र अब आउने सरकारले पनि पार्टीले जारी गरेको घोषणा पत्र मार्गनिर्देशन गर्ने नेकपा एमालेका उपसचिव हरि बहादुर रोकायाले बताउनुभएको छ ।
घोषणा पत्रमा विकासका ५ वटा क्षेत्रलाई विभाजन गरिएको छ । एमाले गौमुल गाउँ कमिटीले आयोजना गरेको प्रतिवद्धता पत्र सार्वजनिक तथा स्थानीय तह निर्वाचन ०७९ को चुनावी घोषणापत्र आज सार्वजनिक गरिएको हो ।
“समद्ध गौमुल, सुखी गौमुलबासी मुख्य नारा लिएर घोषणा पत्र सार्वजनिक गरिएको छ । कार्यक्रममा स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि, यातायात, सञ्चार, पर्यटनलाई बढी जोड दिएर काम गर्ने प्रतिवद्धता पत्र सहितको घोषणा पत्र सार्वजनिक नेकपा एमाले उपसचिव हरि बहादुर रोकायाले गर्नुभयो ।
लोकप्रिय घोषणा पत्र सहित नेकपा एमाले गौमुल गाउँ कमिटीले घोषणा पत्र आज सार्वजनिक गरेको छ । स्थानीय तह निर्वाचन ०७९ को चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा रोकायाले अब निर्वाचन आउन २१ दिन मात्र बाकी रहेकोले नेकपा एमालेलाई फेरि पनि गौमुल गाउँपालिकामा ५ वर्षसम्म सरकारमा पठाउन मतदाताहरुलाई आग्रह गर्नुभएको छ ।
नेकपा एमालेले जिते मात्र विकास सम्भव हुने बताउँदै अब कसैले पनि अलमलिनु पर्ने अवस्था नरेहेको बताउनुभएको छ । निर्वाचन नजिकिदै गएकोले सबैले नेकपा एमालेलाई जिताउन एकजुट भएर लाग्न आग्रह गनुभएको छ । साथै बैठकमा गौमुल गाउँपालिकाले पाँच वर्षको अवधिमा गरेका कामहरुको प्रगतिको वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो ।
घोाषणा पत्र सार्वजनिक कार्यक्रममा एमाले बाजुराका उपसचिव हरि बहादुर रोकाया, जिल्ला कमिटी सदस्य तुलसीराम रोकाया, वीरेन्द्र बहादुर रोकाया, सीता थापा, गोरख बोहरा, कर्ण बुढा, पारु विक, धनलक्ष्मी जोशी, जगदेवी रोकाया र गाउँ कमिटीका पदाधिकारी, वडा कमिटीका अध्यक्ष, एमालेबाट २०७४ सालको निर्वाचनमा निर्वाचित जनप्रतिनिधी लगायत कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर