
राजेन्द्र बहादुर रोकाया,बाजुरा– निर्वाचन आयोगले निजामती कर्मचारी सहित संचार माध्यमलाई पार्टीको प्रचार नगर्न आग्रह गरेको भएपनि बाजुरामा भने निर्वाचन आचारसंहिता उल्लघन हुन थालेका छन् ।

जिल्लाका नेपाली काँग्रेस नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका राजनितिक दलमा आवद्ध सरकारी पेशामा लागेका निजामती कर्मचारी,शिक्षक लगायतले आचार सहिंता उल्लघन गर्ने गरेको पाइएको छ ।
सरकारी सेवामा संलग्न रहेका कर्मचारी,शिक्षक, सुरक्षाकर्मी लगायतका निजामतीहरुलाई कुनै पनि दलको प्रचार प्रसार र कार्यक्रममा सहभागी नहुन आयोगले सूचना जारी गरेको भएपनि आचार सहिंता उल्लघन भएको पाइएको छ ।
बिहीबार नेकपा एमाले गौमुल गाउँ कमिटीले नेपाली काँग्रेसका कार्यकर्तालाई एमाले पार्टीमा प्रवेश गराउने कार्यक्रममा नै दुई जना शिक्षक संलग्न भएको पाइएको छ ।
एमाले निकट शिक्षक संगठनमा आवद्ध गौमुल गाउँपालिका–२ मा रहेको हिमशिखर आधारभुत विद्यालयका प्रधानाध्यापक रामबहादुर बोहरा र सोही विद्यालयका सह शिक्षक अमरबहादुर बोहरा पार्टी प्रवेश कार्यक्रममा संलग्न भएका छन् ।
आयोगले आचारसंहिता उल्लघन गरेको पाएमा कानुनी कारबाही गर्ने भनेको छ । प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले निर्वाचनको आचार संहिता उल्लघन गरेको लिखित उजुरी आएमा कानुनी कारबाही गर्ने बताएका छन् ।
सरकारको जुनसुकै पेशामा संलग्न रहेका व्यक्तिले निर्वाचनका बेला पार्टीको कार्यक्रममा सहभागी भएमा आचार संहिताको ठाडो उल्लघन गरेको मानिन्छ ।

–फाेटाे सामाजिक संजालबाट —–


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर