• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 17, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कला/साहित्य

विश्वकप लिग टूमा नेपाल सन्तुलित अवस्थामा, अन्य टिमको अवस्था कस्तो ?

खप्तड मालिका न्युज April 21, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

८ वैशाख, काठमाडौं । अर्को वर्ष भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटका लागि आधारको रुपमा रहेको सुपर लिग र लिग टू को खेलहरु भइरहेको छ ।

आईसीसीको १२ फुल मेम्बर र एसोसिएट राष्ट्र नेदरल्याण्ड्सहसित १३ टिमले सुपर लिग खेलिरहेका छन् ।

त्यसपछि शीर्ष २० वरीयतामा पर्ने बाँकी ७ टिमले भने लिग टू खेलिरहेका छन् । जसमा नेपालसहित ओमान, स्कटल्याण्ड, यूएई, नामिबिया, अमेरिका र पपुवा न्यूगिनी (पीएनजी) छन् ।

सुपर लिगका टिमहरु सिधै विश्वकपमा छनोट हुनका लागि खेलिरहेका छन् भने नेपाललगायत ७ राष्ट्र भने एकदिवसीय विश्वकपको अन्तिम चरणको छनोटमा पुग्नका लागि प्रयासरत छन् ।

नेपाल रहेको लिग टू मा हरेक टिमले ९ श्रृखंला (३६ खेल- १ श्रृखंलामा ४ खेल) खेल्नेछन् । जसमा नेपालले अहिलेसम्म जम्मा ३ वटा श्रृंखला मात्र खेलेको छ र १२ अंक (६ जित, ६ हार) जोडेर छैटौं स्थानमा छ । ३२ खेल खेलिसकेको ओमान ४० अंक जोडेर शीर्ष स्थानमा छ र छनोट हुने संघारमा छ ।

यसरी हुनेछ विश्वकपमा १० टिमको छनोट

सुपर लिगमा खेल्ने १३ टिममध्ये आयोजक भारत सिधै छनोट हुनेछ भने त्यसबाहेक ७ उत्कृष्ट टिम सिधै विश्वकपमा छनोट हुनेछन् ।

लिग टूमा खेल्ने सबै टिमलाई अन्तिम चरणको छनोटमा पुग्ने अवसर छ । तर शीर्ष तीनमा रहन सक्ने टिम सिधै मुख्य छनोटमा पुग्नेछन् । त्यसपछिका चार टिमले भने छनोटमा पुग्नका लागि प्लेअफ खेल्नु पर्ने छ ।

यी चार टिमले लिग टू भन्दा तल्लो दर्जाको प्रतियोगिता च्यालेन्ज लिगको दुई समूहको विजेतागरी ६ टिम समावेश छनोट प्लेअफ खेल्न पाउनेछन् । यसबाट उत्कृष्ट दुई टिम मुख्य छनोटमा पुग्नेछ ।

जहाँ सुपर लिगको पूछारका ५ टिम, लिग टू को शीर्ष ३ टिम र प्लेअफ छनोटको उत्कृष्ट २ टिम गरी १० टिमले विश्वकप पुग्नका लागि प्रतिस्पर्धा गर्नेछन् । यसबाट शीर्ष दुई टोलीले मात्र विश्वकपमा स्थान बनाउनेछन् ।

अब फेरि लिग टू के कुरा । लिग टू को श्रृखंलाहरु अन्तिमतिर आइपुग्दा अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले टिमको अवस्थाको बारेमा सामग्री तयार पारेको छ ।

जसमा कुन टिमको स्थिति के छ र अन्तिम चरणको छनोटमा पुग्ने सम्भावना के छ भनेर उल्लेख गरिएको छ ।

त्यसमा नेपालको अवस्था सन्तुलित रहेको उल्लेख छ ।

नेपालले अहिलेसम्म १२ खेल खेल्दा ५० प्रतिशत खेल जितेको छ । लिग टू मै थोरै श्रृंखला खेल्नेमा नेपाल पर्छ । केही दिनअघि अनलाइनखबरसँगको कुराकानीमा राष्ट्रिय टिमका सदस्य दीपेन्द्र सिंह ऐरीले लिग टू मा नेपालको अहिलेसम्म प्रदर्शन ठिक्कको रहेको बताएका थिए । ‘नेपालले अहिलेसम्म राम्रो पनि खेलेको छैन नराम्रो पनि खेलेको छैन ।’ अहिलेसम्मको तीन श्रृंखलाको समीक्षा गर्दा उनले भनेका थिए ।

तर अब हुने ६ श्रृंखला (२४ खेल) मध्ये नेपालले शीर्ष तीनमा पर्नका लागि कम्तीमा १६ खेल जित्नुपर्ने उनले बताएका थिए ।

आईसीसीले पछिल्लो तीन वर्ष नेपालको प्रशिक्षक र कप्तान परिवर्तनसँगै प्रदर्शनमा निरन्तरता दिन नसकेको लेखेको छ । ‘नेपाली क्रिकेटमा तीन वर्ष लामो समय हो । प्रशिक्षक र कप्तान परिवर्तनसँगै १२ खेलमा २३ खेलाडीले टोलीको प्रतिनिधित्व गरेका छन्, र निरन्तरताको अभावले उदासीन अभियान निम्त्याएको छ’, नेपालको विषयमा आईसीसीले लेखेको छ ।

नयाँ कप्तान सन्दीप लामिछाने र कल्ट हिरो अलराउण्डर करण केसीले मात्र अहिलेसम्मको सबै १२ खेल खेलेका छन् । नेपालको बलरहरुले नै नेपालको सम्भावनालाई जीवित बनाएका हुन् ।

नेपालले सन् २०२० मा घरेलु मैदानमा पहिलो श्रृंखला खेल्दा नै अमेरिकालाई ३५ रनमा अलआउट गर्दै चर्चा बटुलेको थियो । नेपालले ६ पटक विपक्षीलाई २०० भन्दा कम स्कोरमा रोकेको छ । तर ब्याटिङ राम्रो हुन सकिरहेको छैन । नेपालले मार्चमा दुबईमा भएको श्रृंखलामा युएई विरुद्ध १६९ रनको लक्ष्य समेत पूरा गर्न सकेन ।

नेपालको अबको तालिका व्यस्त छ । लिग टूको अन्तिम ९ श्रृखंला मध्ये ६ श्रृखंलामा नेपालले खेल्नुपर्नेछ । जसमा नेपालले आफ्नो अन्तिम ३ श्रृंखला मध्ये दुई श्रृखला घरेलु मैदानमा खेल्नुपर्ने आईसीसीले उल्लेख गरेको छ ।

नेपालले यसअघिका केही खेलहरुमा अन्तिम समयमा पुगेर खेल जित्ने पहिचान बनाएको छ । नेपालको खेलले हर्ट अट्याक नै हुने अवस्था सिर्जना गर्ने विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि उल्लेख गरेका छन् ।

त्यसैले नेपालले छनोटमा केही स्थिर प्रदर्शन गर्दै अन्तिम समयमा शीर्ष तीनमा रहन सक्ने सम्भावनालाई पनि नकार्न सकिन्न ।

नेपालले आफ्नो चौथो त्रिकोणात्मक श्रृंखला लागि आगामी जुनमा अमेरिका भ्रमण गर्दैछ । जहाँ नेपाल, अमेरिका र ओमानले प्रतिस्पर्धा गर्नेछन् । ओमानको लागि यो नै अन्तिम लिग टू श्रृंखला हुनेछ ।

नेपालले स्कटल्याण्ड, नामिबिया जस्ता टिमहरुसँग अझै खेल्न बाँकी रहेकोले नेपालको लिग टू यात्रा चुनौतीपूर्ण भने हुनेछ ।

अन्य टिमको अवस्था

ओमान ३२ खेल खेल्दै ४० अंक जोडेर शीर्ष स्थानमा छ । दोस्रो स्थानको स्कटल्याण्डमाथि १६ अंकको अग्रता बनाएको ओमान अन्तिम चरणमा छनोट हुने सम्भावना बढी रहेको छ । ओमानले अब अन्तिम श्रृंखला खेल्न बाँकी छ ।

चोटका कारण अकिब इल्यासलाई गुमाए पनि जतिन्दर सिंहले ३ शतकसहित ९८५ रन बनाएर उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

स्कटल्याण्ड १६ खेलबाट २४ अंकसहित दोस्रो स्थानमा छ । शीर्ष तीनमा रहेर छनोटमा पुग्ने स्कटल्याण्डको सम्भावना पनि बलियो छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑