• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 14, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

नेपालगञ्जको मेयर नपाएपछि जसपामा असन्तुष्टि, पार्टी छाड्ने चेतावनी

खप्तड मालिका न्युज April 20, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

७ वैशाख, नेपालगञ्ज – पाँच दलीय सत्ता गठबन्धले नेपालगञ्ज उपमहानगरपालिका नेपाली कांग्रेसलाई दिने निर्णय गरेसँगै असन्तुष्ट बनेका जनता समाजवादी पार्टी (जसपा) का स्थानीय नेता कार्यकर्ताले पार्टी परित्याग गर्ने तयारी थालेका छन् ।
बिहीबार बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले उपमहानगर बाँडफाँटका क्रममा नेपालगञ्ज उपमहानगरपालिका कांग्रेसलाई दिने निर्णय गरेसँगै जसपा बाँकेका नेताहरू पार्टी परित्याग गरेर छुट्टै निर्वाचन लड्ने तयारी थालेका हुन् ।
बाँके जिल्ला अध्यक्ष तथा नेपालगञ्ज उपमहानगरका मेयरका आकांक्षी कमरुद्दिन राईले पार्टीले केन्द्रबाट मनोमानी ढंगले निर्णय गरे आफूहरू अर्कै चुनाव चिह्न लिएर चुनावमा भाग लिने बताए ।
‘हामी गठबन्धन मान्दैनौँ, चुनाव लड्छौँ । पार्टीले मान्दैन भने हामी फरक चुनाव चिह्न लिएर पुरै बाँके जिल्लामा प्रतिस्पर्धा गर्छौं,’ राईले भने, ‘जसले पार्टीको तर्फबाट निर्णय गर्नु भएको छ उहाँहरू आफ्नो तरिकाले अघि बढ्नु हुन्छ होला । हाम्रो जिल्लाका नेता कार्यकर्ता मान्दैनन् । हामी मान्दैनौं ।’
उनले शुक्रबार बिहान जिल्लामा रहेका सबै पालिका अध्यक्ष र वडा अध्यक्षलाई राखेर पत्रकार सम्मेलन गर्ने तयारी भइरहेको बताए । ‘सबैलाई बैठकमा बोलाएका छौँ । बिहान ७ बजेदेखि बैठक बसेर १० बजेसम्म निर्णय गरिसक्छौँ,’ उनले भने, ‘त्यसपछि पत्रकार सम्मेलन गर्छौँ ।’
उनले आफू स्थानीयस्तरमा पार्टी निर्माणका लागि मेहनेत गरेको भन्दै केन्द्रबाट पुलिसले जस्तो निर्देशन दिएको भरमा आफू कसैको पछि लाग्न बाध्य नहुने बताए । ‘पार्टीमा किन रहेन ? कार्यकर्ताले गोजीबाट पैसा लगाएर पार्टी चलाउने, कार्यालयको भाडा तिर्ने । माथिबाट आदेश आयो भन्दैमा हामीले कार्यालय नै खाली गर्दिने ?,’ उनले भने, ‘यो गुलामी गर्नका लागि कार्यकर्ता होइनौँ ।’
राईलगायत बाँकेका स्थानीय नेताहरूले केन्द्रमा गठबन्धन दलबीच चुनावी तालमेल गर्ने सहमति भएकै बेला नेपालगञ्जमा जसपाले छुट्टै चुनाव लड्ने भन्दै गठबन्धनलाई लिखित पत्र लेखेको थियो । नेपालगञ्ज उपमहानगरसहित बाँकेका पालिकामा छुट्टै निर्वाचन लड्ने तयारी थालेका जसपाका नेताहरूले केन्द्रमा गरेको सहमति नमान्ने भन्दै पार्टी परित्यागको तयारी थालेका हुन् ।
क्ेन्द्रमा बिहीबार गठबन्धन दलबीच भएको सहमतिअनुसार जसपाले जनकपुर उपमहानगरपालिका लिने र कांग्रेसले नेपालगञ्ज उपमहानगर लिने सहमति भएको हो । काठमाडौंमा शीर्ष नेताहरूले निर्णय सार्वजनिक गरेसँगै नेपालगञ्जमा जसपा केन्द्रीय र जिल्ला तहका नेताहरूबीचको छलफलले पार्टी परित्याग गर्ने तयारी गरेका हुन् ।
जसपाबाट बाँकेका प्रतिनिधिसभा सदस्यसमेत रहेका पूर्वमन्त्री मोहम्द इस्तियाक राईले स्थानीयस्तरमा नेता कार्यकर्ताले गरेको जुनसुकै निर्णयमा आफ्नो सहमति हुने बताएका छन् । उनले आफू जसपा दुई नम्बर प्रदेशको जस्तो मात्रै देखिएको भन्दै यही पार्टीमा रहेर दुई नम्बर बाहेकका प्रदेशबाट राजनीति गर्न नसकिनेजस्तो अवस्थामा पुगेको बताए ।
‘स्थानीयस्तरमा साथीहरूले गर्ने निर्णयमा मेरो सहमति रहन्छ । म यहीँ ठाउँमा यीनै साथीहरूको बलमा प्रतिनिधि भएर राजनीति गर्ने तर, उनीहरूको भावनाविपरीत एक्लै हिँड्ने भन्ने हुँदैन,’ उनले भने, ‘भोलि बिहान बैठक बस्ने भनेका छन् । स्थानीय साथीहरूले गर्ने निर्णयमा मेरो सहमति रहन्छ ।’

-अनलाईन खबर 

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑