• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 14, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

घोराही उपमहानगरपालिका मेयरमा गठबन्धनबाट शर्मा र एमालेबाट चौधरी उठ्ने तयारी

खप्तड मालिका न्युज April 20, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

वैशाख,७-  दाङको घोराही उपमहानगरपालिका मेयरमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मा उठ्ने तयारी गरेका छन् । सत्ता गठबन्धनबाट घोराही उपमहानगरपालिका माओवादीको भागमा परेपछि शर्मालाई उठाउने तयारी गरिएको हो । उपमेयर काँग्रेस भागबण्डामा परेकाले भुपबहादुर डाँगीलाई उठाउने तयारी गरिएको छ । यद्यपि मेयर र उपमेयरको नाम आधिकारिक रुपमा पार्टीले भने निर्णय गरिसकेका छैनन् ।

गठबन्धनबाट घोराही मेयरमा शर्मालाई उठाउने निर्णय गर्ने माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्यले बताए । ‘घोराही मेयर माओवादी भागमा परेको भन्ने मिडियाबाट थाहा पाएको छौं । आधिकारिक सर्कुलर आइसकेको छैन । पक्कै पनि घोराही माओवादीको भागमा पर्ने निश्चित छ’ रातोपाटीसँग कुरा गर्दै आचार्यले भने, ‘हामीले पहिलेदेखि मेयरमा एक मात्र उम्मेदवार हेमराज शर्मालाई उठाउने तयारी गरेका छौ । औपचारिक बैठक १२ बजे बस्दै छ । यो बैठकले शर्मालाई मेयर उठाउने निर्णय गर्ने छ ।’

यसअघि माओवादीबाट जीवन गौतमले मेयरको आकांक्षा राखेका थिए । उनले टिकट नपाउने स्थिति देखिएपछि पार्टी छोडेको बताएको. छ । तर, गौतमले माओवादीको नीति, विचार कार्यशैली कम्युनिस्ट नभएकाले पार्टी छोडेको बताएका छन् ।

उपमेयर काँग्रेसको भागमा परेकाले काँग्रेसले आफु अनुकूल सिफारिस गर्ने आचार्यले बताए । ‘आमजनताको धारणा माओवादी र काँग्रेस मिलेर जाने कुरा सहर्ष स्वीकार गरेका छन् । गठबन्धनको पक्षमा राम्रो माहोल बन्दै गएको छ’ आचार्यले भने, ‘मलाई लाग्छ गठबन्धनबाट मेयर उप मेयरको जित सुनिश्चित छ ।’ काँग्रेसबाट उप मेयरमा बालिका लम्साल, जनका केसी, पुष्पा श्रेष्ठको नाम सिफारिस भएको छ । यद्यपि, काँग्रेसले भुपबहादुर डाँगीलाई उपमेयर उठाउने तयारी गरेको छ । तर, पार्टी कमिटीबाट भने आधिकारिक निर्णय भइसकेको छैन ।

एमालेबाट चौधरी र सिग्देलको नाम सिफारिस
यस्तै नेकपा एमालेबाट घोराही मेयरमा नरुलाल चौधरी र सीता सिग्देल न्यौपानेको नाम सिफारिस भएको छ। हाल घोराहीका मेयर चौधरी उपमेयर सिग्देल दुबैको मेयरमा नाम सिफारिस भएको चौधरीले बताए ।

‘हालका मेयर र उपमेयर दुबै जनाको नाम मेयरमा सिफारिस भएको छ’ चौधरीले भने, ‘पार्टीले जसलाई टिकट दिन्छ उहीँ उठ्ने स्थिति बन्छ ।’

तर, एमालेले चौधरीलाई नै उठाउने सम्भावना बलियो छ । तुलनात्मक रुपमा चौधरीले मेयर हुँदा राम्रो काम गरेकाले उनी नै उठ्ने सम्भावना बलियो देखिएको छ । चौधरी एमालेको पोलिटब्युरो सदस्य हुन् ।

 

यो समाचार आजको रातोपाटिमा छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑