
वैशाख,६- नेपाली काँग्रेसले बुटवल उपमहानगरपालिकाको मेयर पदमा खेलराज पाण्डेलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । मेयरमा पाण्डेको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको भए पनि उपमेयरमा भने सहमति जुट्न नसक्दा उपमहानगर समितिले ८ जनाको नाम सिफारिस गरेको छ ।

उपमहानगर समितिको बैठकले मेयर–उपमेयरका लागि नाम सिफारिस गरेको सचिव छायाँ पोखरेलले जानकारी दिए । उनका अनुसार उपमेयरका लागि रिजन श्रेष्ठ, सावित्रा टण्डन, जमुना ढकाल, रिता सेन, रिता केसी, गंगा पन्थी, राधा ज्ञवाली र सविता शाक्यको नाम सिफारिस भएको छ ।
यस्तै सिद्धार्थनगर नगरपालिकाको प्रमुख (मेयर) पदमा काँग्रेसले इस्तियाक अहमद खानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यद्यपि, यी पालिकामा सत्तारुढ गठबन्धनबीच तालमेलको टुङ्गो लाग्न बाँकी छ ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर