
वैशाख,६- चीनको सांघाईमा कोभिड–१९ बाट थप सात जनाको मृत्यु भएको छ । संक्रमणबाट मृत्यु भएका व्यक्तिहरू ६० देखि १०१ वर्ष उमेर समूहका छन् । उनीहरूको स्वास्थ्यसम्बन्धी अन्य समस्या पनि रहेको बताइएको छ । यसअघि सोमबार अधिकारीहरूले सांघाइमा कोभिडबाट ३ जनाको मृत्यु भएको बताएका थिए । सांघाइमा मंगलबार २० हजार ४१६ जना नयाँ संक्रमित फेला परेका छन् ।
बेइजिङले शून्य–कोभिड नीतिलाई जोड दिँदै आएको छ । संक्रमण घटाउन उसले लकडाउन, सामूहिक परीक्षण, लामो क्वारेन्टाइन र कडा प्रतिबन्ध जस्ता उपायहरू अबलम्बन गर्दै आएको छ । तर, प्रतिबन्धकाबाबजुद पछिल्लो समयमा संक्रमण दर बढिरहेको छ ।
सरकारले सार्वजनिक गरेको आधिकारिक तथ्यांकमा केहीले शंका गरेका छन् । उनीहरूका अनुसार देशको बढ्दो बृद्ध जनसंख्यामा खोप दर न्यून छ । सांघाईका ६० वर्षमाथि दुई तिहाइभन्दा बढीले पूर्ण खोप लगाएका र करिब ४० प्रतिशतले बुस्टर डोज लगाएका स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका थिए ।

यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर