
वैशाख,६- नयाँ मिस नेपाल अर्थात ‘मिस नेपाल–२०२२’को खोजी सुरु भएको छ । आयोजक द हिड्न ट्रेजरले एक विज्ञप्ती जारी गर्दै ‘मिस नेपाल २०२२’ को आवेदन खुल्ला भएको जनाएको हो । सहभागिताका लागि इच्छुकले वैशाख ३१ गतेसम्म आवेदन दिन सक्नेछन् । मिस नेपालमा छनोट हुनका लागि ५ फिट ३ इन्च उचाई र १८ वर्षदेखि २७ वर्ष उमेर हद राखिएको छ ।

मिस नेपाल प्रतियोगिताबाट सुप्रान्यासनल टाइटल हटाइएको छ । अगामी ४ असारमा प्रतियोगिताको फाइनल आयोजना हुनेछ । यसपटकको संस्करणमा भाग लिने प्रतियोगिताको मापदण्डमा केही परिवर्तन गरिएको आयोजकले जनाएको छ ।
सातै प्रदेशमा अडिसन हुने प्रतियोगिताको वीरगञ्ज, धरान, नेपालगञ्ज, पोखरा, सुर्खेत र काठमाडौंमा अप्रिल २२ देखि मे १० सम्म अडिसन चल्ने भएको छ । सबै जात, धर्म र सम्प्रदायका भाग लिन सक्ने मिस नेपालमा सहभागिताका लागि निःशुल्क ब्यवस्था भएको छ ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर