
वैशाख,६- सञ्चार उद्यमी श्रीधर खनाल सन्धिखर्क नगरपालिकाको मेयर पदको उम्मेदवारका लागि सिफारिस भएका छन् । खनाललाई नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश सम्पर्क समन्वय समिति, काठमाडौँ र सम्पर्क समन्वय विशेष प्रदेश समितिले मेयर पदको उम्मेदवारका लागि पार्टी केन्द्रीय कार्यालय समक्ष सिफारिस गरेका हुन् ।

विशेष प्रदेश समितिले खनाललाई उम्मेदवार बनाउन पहल गर्नका लागि माओवादी केन्द्र, अर्घाखाँची जिल्ला समन्वय समिति समक्ष पनि अनुरोध गरेको छ । २०५६ सालदेखि माओवादी केन्द्र (तत्कालीन नेकपा माओवादी) मा आबद्ध भई विभिन्न समितिमा रहेर काम गर्दै आएका खनालले पछिल्लो समय पार्टीको लुम्बिनी काठमाडौँ प्रदेश सम्पर्क समन्वय समितिमा आबद्ध छन् । समन्वय समितिमा रहेका व्यक्तिहरू उम्मेदवार बन्ने इच्छा रहेमा आफू कार्यरत कमिटीबाट सिफारिस गराई सम्पर्क समन्वय विशेष प्रदेश समितिले पार्टी केन्द्रीय कमिटीमा सिफारिस गरी पठाउनुपर्ने प्रावधान छ । सोही प्रावधान अनुसार खनालको नाम केन्द्रीय कमिटीमा सिफारिस गरिएको हो । मिडिया क्षेत्रमा लगानी गरेका खनाल जनता टेलिभिजनका सदस्य तथा एप्पल मिडिया प्रालिका अध्यक्ष हुन् ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर