
वैशाख,६- नेपाली काँग्रेस गुल्मीले इस्मा गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा आफ्ना पार्टी उम्मेदवार खडा गर्ने भएको छ । सत्ता गठबन्धन दलको उपस्थिति इस्मामा पातलो भएका कारण दुवै पदमा काँग्रेसबाटै सर्वसम्मत उम्मेदवार छनौट गरिएको नेपाली काँग्रेस गुल्मी जिल्ला पार्टी सचिव तथा प्रमुख पदका उम्मेदवार भगतसिंह खड्काले जानकारी दिएका हुन् ।

नेपाली काँग्रेस इस्मा गाउँपालिकाको बैठकले खड्कालाई पालिका प्रमुख र पालिकाकी उपसभापति पार्वती कुँवरलाई उपप्रमुख उम्मेदवार सर्वसम्मत चयन गरिएको काँग्रेसले जनाएको छ । २०६१ सालमा नेवि संघबाट विद्यार्थी राजनीति यात्रा सुरु गरेका खड्का रेसुङ्गा बहुमुखी क्याम्पसको नेवि संघ इकाई सदस्य, सोही सङ्गठनको जिल्ला सचिव हुँदै काँग्रेस क्षेत्रीय सदस्य , क्षेत्रीय सह सचिव , क्षेत्रीय सभापति हुँदै हाल नेपाली काँग्रेस जिल्ला पार्टीको सचिव हुन् ।
उपप्रमुखकी उम्मेदवार कुँवर पेशाले अधिवक्ता हुन । इस्मा गाउँपालिका एमाले नेता तथा पूर्वमन्त्री गोकर्णराज विष्ट क्षेत्र पर्छ । गएको स्थानीय तह निर्वाचनमा नेता विष्टका दाजु लक्ष्मण विष्टले काँग्रेस भन्दा १ हजार ५५ मतको अग्रता लिएर विजयी भएका थिए । त्यति बेला एमालेले ५०५५ मत ल्याएका थिए भने काँग्रेसका चन्द्रबहादुर महतले ४ हजार मत ल्याएका थिए । तेस्रो शक्तिका रूपमा माओवादी केन्द्रका दुर्गाचन्द्र बोहराले ५६९ मत ल्याएका थिए । नेकपा एमालेले पनि त्यस पालिकामा आन्तरिक रूपमा प्रमुख उपप्रमुख पदको उम्मेदवार सिफारिस गरेर प्रदेशमा पठाए पनि नाम सार्वजनिक गरेको छैन ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर