
वैशाख,५- कपिलवस्तुको वाणगंगा नगरपालिकामा स्थापित कपिल आरोग्य मन्दिर कपिलधाममा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका पिता पण्डित स्वर्गीय मंगलकुमार नेपालको शालिक स्थापना गरिएको छ।

कला, साहित्य र संस्कृतिको क्षेत्रमा योगदान पुर्याउने विशिष्ट व्यक्तित्वहरूको सूचीमै स्वर्गीय मंगलकुमार नेपालको शालिक स्थापना गरिएको लुम्बिनी वाङ्मय प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानका अध्यक्ष ऋषि आजादले कपिलधाममा कला, साहित्य संस्कृति क्षेत्रमा योगदान गरेका विशिष्ट व्यक्तित्वहरूको शालिक राख्ने निर्णय गरिएअनुरूप स्वर्गीय नेपाल र स्वर्गीय यादवप्रसाद कोइरालाको शालिक राखिएको जानकारी दिए।
नेपालको शालिकलाई नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेतीले र स्वर्गीय कोइरालाको शालिकलाई पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले अनावरण गरेका हुन्।
पाल्पामा जन्मिएका स्वर्गीय कोइराला लेखक तथा पूर्वीय साहित्यका अध्येता मानिन्छन्।
रौटहटको गौरमा जन्मिएका नेपालले रौतहट जिल्लामा रहेर अध्यापनमार्फत् शिक्षाको विकास तथा नेपाली भाषा, साहित्य, संस्कृत र व्याकरणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै कपिलधाममा शालिक स्थापना गरिएको आजादले जानकारी दिए।
स्वर्गीय नेपालले झण्डै एक दर्जन कथा र संस्कृतका ग्रन्थहरू लेखे पनि कादम्बिनी काव्य कथामात्रै प्रकाशनमा रहेको लुम्बिनी वाङ्मय प्रतिष्ठानले जनाएको छ।
कपिलधाममा रहेको तीन विगाह क्षेत्रमा प्रतिष्ठानले कला, साहित्य र संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान पुर्याएका १ सय ८ जना साहित्यिक व्यक्तित्वहरूको शालिक निर्माण गर्दैछ।
हालसम्म सिद्धिचरण श्रेष्ठ, महाकवि लक्ष्मीप्रसाद देवकोटा, आदिकवि भानुभक्त आचार्यलगायत २२ जना साहित्यिक व्यक्तित्वहरूको शालिक राखिसकिएको प्रतिष्ठानका अध्यक्ष आजादले जानकारी दिए।
१ सय ८ जना साहित्यिक व्यक्तित्वहरूको सूचिमा मंगलप्रसाद नेपाल कला र यादवप्रसाद कोइरालासँगै दुई जना महिला साहित्यकार समेत रहेका छन्।
प्रतिष्ठानले कपिलधाममा शालिक स्थापना गर्ने साहित्यिक व्यक्तित्वहरूको छनोटको लागि लुम्बिनी प्रदेशभित्रका ११ जना साहित्यकारहरूको समिति गठन गरेको छ।
शालिक स्थापनाका लागि प्रतिष्ठानले तय गरेको मापदण्डभित्र पर्ने र छनोट समितिले सिफारिस गरेका साहित्यिक व्यक्तित्वहरूको मात्रै शालिक राख्ने निर्णय गरिएको छ।
स्वर्गीय नेपालको शालिक हालैमात्र स्थापना गरिए पनि शालिक स्थापना गर्ने निर्णय भने दुई वर्ष पहिले नै गरिसकिएको प्रतिष्ठानले जानकारी दियो। हालसम्म २२ जनाको शालिक स्थापना गरिए पनि १ सय ८ जनाको शालिक स्थापना गर्न भने १५/२० वर्ष लाग्ने अध्यक्ष आजादले जानकारी दिए।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर