
वैशाख,५- विराटनगरस्थित नोबेल मेडिकल कलेजमा ‘नोबेल स्पोर्टस फियस्टा’ सुरु भएको छ । एमवीवीएस १३ औं व्याच, बीडीएस ८ औं व्याच र बीएस्सी नर्सिङ ८ औं व्याचले संयुक्त रुपमा स्पोर्टस फियस्टा अर्थात खेलकुद उत्सव आयोजना गरेका हुन् ।
कलेजका प्रिन्सिपल डा.रामहरी घिमिरेले पानसमा बत्ती बालेर खेलकुद उत्सव उद्घाटन गरेका छन् । कार्यक्रमलाई संवोधन गर्दै प्रिन्सिपल डा.घिमिरे, नर्सिङ डाइरेक्टर निलम झा, अन्तर्राष्ट्रिय शैक्षिक निर्देशक डा.निरञ्जन कुमार र डा.दिपेन्द्र नौलखाले स्वस्थ जीवनका लागि खेलकुदको महत्वपूर्ण भूमिका हुँने भन्दै खेलकुद उत्सव सफलताको शुभकामना दिए ।
सात दिनसम्म सञ्चालन हुँने फियस्टामा फुटबल, भलिबल, क्रिकेट, कवडी, ब्याडमिन्टन, टेबलटेनिस, टगअफवार, चेस, लुडो क्यारेम र म्याराथन खेल हुनेछन् । त्यस्तै पब्जी, फिफा र मिनिमिलेसिया जस्ता अनलाइन खेल हुनेछन् । यता, महिलातर्फ क्रिक्सल र फुटसल खेलाइने आयोजकले जनाएको छ । कार्यक्रममा हाडजोर्नी विभागका प्रमुख डा.उदयचन्द्र चौधरीले खेलकुद उत्सवको सहयोगार्थ नगद पाँच हजार सहयोग प्रदान गरेका छन् ।
नोबेलका विद्यार्थीहरुले हरेक बर्ष स्पोर्टस फियस्टा गर्दै आएका छन् । नोबेलमा डीएम एमसीएच, एम्डी, एमएस, एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीएनएस, बीपीटी, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिन र डिफार्म संकायमा करिव १ हजार ६ सय विद्यार्थी अध्ययनरत छन् ।

यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर