
वैशाख ,४- सेयर बजार परिसूचक नेप्सेले नयाँ वर्ष २०७९ को खराब सुरुवात गरेको छ । वर्षको पहिलो कारोबार दिन अर्थात् आइतबार नै नेप्से सूचक २९ अंक माथिले घटेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन नेप्से सूचक २९.६० अंकले घट्दै २३ सय ८५.६४ अंकमा झरेको छ ।

यस्तो अंक अघिल्लो कारोबार दिन अर्थात गत चैत ३० गते ३०.२४ अंकले बढ्दै २४ सय १५.२४ अंकमा अडिएको थियोे । नयाँ वर्षका दिन १ गते सार्वजनिक विदा र २, ३ शुक्रबार र शनिवार परेकाले एकैपटक ४ गते बजार खुलेको हो ।
नेप्सेका अनुसार यसदिन सबैजसो उपसूचक ऋणात्मक हुँदै सेयर बजार नै राताम्मे भएको छ । २९ अंक माथिले घटेको बजार आज फाइनान्स, हाइड्रोपावर र होटल तथा पर्यटन समूहको सेयर मूल्य अधिकतम २ प्रतिशत माथिले घटेका छन् भने अन्य समूहको २ प्रतिशत भन्दा कम अंकले घटेका छन् ।
तर कारोबार भने जम्मा १ अर्ब ४४ करोड ७ लाख रुपैयाँ बराबरको मात्र भएको छ । यस दिन नेष्डो लघुवित्तका सेयरधनीहरूले अधिकतम १० प्रतिशतले कमाएका छन् भने यता हिमालयन उर्जा विकास कम्पनीका सेयरधनीहरूले अधिकतम १० प्रतिशतले नै गुमाएका छन् ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर