
वैशाख,४- कच्चा पदार्थको रूपमा प्रयोग गरिने सुपारीको आयात झन्झटिलो बन्दा अर्बौं लगानी र हजारौं रोजगारी संकटमा परेको उद्योगी व्यवसायीहरूले बताएका छन् । संसदीय दलमा भएको छलफलमा उद्योगी तथा व्यवसायीहरूले सुपारी आयातमा झन्झट हुँदा लगानी नै जोखिममा परेको बताएका हुन् ।

छलफलमा सहभागी व्यवसायीहरूका अनुसार उद्योगमा रहेको मौज्दात सुपारी सकिइसकेको छ । करिब २/३ महिनालाई मात्र राखिने स्टक सकिएको र नयाँ आयात प्रक्रियामा झमेला हुँदा लगानी जोखिम तथा रोजगारी नै संकटमा परेको उनीहरूले बताएका हुन् । विदेशबाट आयातित सुपारीबाट गुट्का तथा पान बनाएर बिक्री वितरण गरिन्छ ।
छलफलमा सहभागी श्रीराम टोबाको उद्योगका प्रबन्धक रघु घिमिरेले उद्योग नै बन्द गर्नुपर्ने स्थिती श्रृजना भएको उल्लेख गरे । उनले भने, ‘उद्योग नै सञ्चालन गर्न नदिने भए अलग पाटो भयो । तर, सञ्चालन गर्न दिने तर कच्चा पदार्थ ल्याउन नदिने नीति लिइयो ।’ ‘विदेशबाट नेपालमा कच्चा पदार्थ आयात गर्न कम्तिमा ५० दिन लाग्छ । तर, हाल उद्योगमा मुस्किलले एक सातालाई मात्र पुग्ने सुपारी छ,’ उनले भने, ‘अब उद्योग चलाउनै नसकिने भयो ।’
उद्योग बन्द हुने भएपछि श्रमिकलाई कता पठाउनी भन्ने चिन्ता उत्पन्न भएको घिमिरेले बताए । झापाका किसानसँग गएर १÷१ किलो गरेर सुपारी संकलन गरेर यतिबेलासम्म उद्योग चलाउँदै आएपनि अब मौज्दात सकिएकाले उद्योग बन्द गर्नुको विकल्प नरहेको उनको भनाइ छ ।
सुपारी आयात– औद्योगिक प्रयोजनलाई ल्याउने अनुमति दिँदै समिति
यस्तै, देउती गुट्का उद्योगका प्रबन्धक टोपबहादुर शाहीले गुट्काको कच्चा पदार्थका रूपमा रहेको सुपारीको आयात रोकिँदा समस्या भएको बताए । उनले कच्चा पदार्थको सहज आपूर्तिका लागि धेरै ठाउँमा पुगेपनि कतैबाट सुनुवाई नहुँदा उद्योग सञ्चालन नै गर्न नसक्ने स्थितीमा पुगेको जानकारी दिए । गुट्का र पान उद्योगमा आश्रित उद्योगमा अर्बौ लगानी र हजारौं रोजगारी श्रृजना भइरहेपनि सुपारी आयात गर्न नपाउँदा लगानीसँगै रोजगारी समेत संकटमा परेको शाहीको भनाइ छ ।
‘यस क्षेत्रबाट राज्यले वार्षिक अर्बौ रूपैयाँ राजश्व समेत संकलन गर्छ । हामीले हजारौंलाई रोजगारी दिएका छौं,’ उनले भने, ‘गुट्का र पानको आयात रोकिएको छ । कच्चा पदार्थका रूपमा ल्याइने सुपारीमा मूल्य अभिवृद्धि गरिएको छ ।’ यतिगर्दा गर्दै राज्यले सुपारी आयातकर्ता र गुट्का उद्योगीलाई फरक नजरले हेरेको शाहीले बताए ।
यसैगरी, पान व्यवसायी टेकबहादुर अधिकारीले नेपालभर करिब ६० हजार पान व्यवसायी रहेको बताए । उनले सुपारीबाट बन्ने पानको बिक्रीमा लागेका धेरै जनाले यसबाट रोजगारी पाइरहे पनि आयातमा झन्झट हुँदा हजारौंको ख्यामा रहेको रोजगारी संकटमा परेको बताए । ‘पान पसल सञ्चालनका अनुमति लिएपछि र कर तिरेपछि सजिलै व्यवसाय सञ्चालन गर्न पाउनुपर्छ,’ उनले भने, ‘सरकारले अनुमति दिने र कर लिने तर कच्चा पदार्थ नदिने नीति नलिओस् ।’
यसैबीचमा समितिका सांसदहरू देशभरका गुट्का उद्योग भ्रमण गरेका छन् । समितिले यसअघि, तत्काललाई सुपारीको आयात अनुमति नदिन सरकारलाई निर्देशन दिँदै गुट्का उद्योगको निरीक्षणमा पुगेका थिए । त्यसक्रममा, सुपारीबाट बन्ने गुट्का र यता उद्योगमा भएको लगानी तथा रोजगारीको अवस्था देखेपछि सुपारी आयातमा लगाएको रोक खुलाउने तयारी समितिले गरिरहेको छ ।
यसअघि, लिखितरूपमै सुपारीको आयात रोक्न निर्देशन दिएको समितिले सरकारलाई लिखित रूपमै आयात खुलाउन निर्देशन दिने तयारी गरिरहेको छ । उद्योगी व्यवसायी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको छलफलपछि वास्तविक उद्योगीको आवश्यकताअनुसार सुपारीको आयात खुलाउन दिन समिति तयार भएको हो ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर