• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 15, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अन्तर्राष्ट्रिय

संसारका सर्वाधिक धनी व्यक्ति : जसको धर्तीमा कुनै घर छैन, मंगल ग्रहमा बसाउन चाहन्छन् कोलोनी

खप्तड मालिका न्युज April 16, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बैशाख,३-  संसारका सबैभन्दा धनी व्यक्ति एलन मस्कले बिहिबार ट्विटर खरिद गर्ने प्रस्ताव दिए । उनी यसका लागि ५४.२० डलर प्रति शेयरको हिसाबले ५.१२ लाख करोड रुपैयाँ रकम भुक्तानी गर्नका लागि तयार छन् । अब ट्विटर बिक्री हुन्छ कि हुँदैन त्यो त थाहा छैन तर उनको यो अफरले एलन मस्कलाई एकपटक पुनः चर्चामा ल्याएको छ ।

हामीले यहाँ एलन मस्कको जीवनका केही रोचक जानकारी प्रस्तुत गरिरहेका छौँ । यीमध्ये धेरैकुरा यस्ता पनि होलान् जुन सायद तपाईंलाई पहिल्यै थाहा होला तर यस्ता जानकारी पनि होलान् जसबारे निकै कमलाई थाहा छ । आउनुहोस्, आज ती व्यक्तिबारे जानकारी लिऔँ जसको यो धर्तीमा कुनै घर छैन तर उनी मंगल ग्रहमा कोलोनी बसाउन चाहन्छन् ।

सबैभन्दा पहिला एलन मस्कका ती कुरा जुन सायद तपाईंलाई थाहा होला…

– एलन मस्ककी आमा अमेरिकी थिइन् तर उनका पिता दक्षिण अफ्रिकी थिए । उनी २८ जून सन् १९७१ मा दक्षिण अफ्रिकाको प्रिटोरिया शहरमा जन्मिए ।

– १२ वर्षको उमेरमा एलन मस्कले एउटा भिडियो गेम बनाए र त्यसलाई ५०० डलरमा एउटा म्यागजिनलाई बेचिदिए । स्पेस फाइटिङ गेमको नाम ब्लास्टर थियो ।

– मस्कले आफ्ना भाइ किम्बलसँग मिलेर जिप टु नामको सफ्टवेयर कम्पनी सुरु गरे । पछि यसलाई पनि २२ मिलियन डलरमा कम्प्याक कम्पनीलाई बेचिदिए ।

– सन् १९९९ मा एलन मस्कले १० मिलियन डरको लगानीले एक्स डट कमको सुरुवात गरे । यो पछि कन्फिनिटी नामको कम्पनीसँग गाभियो जुन पछि गएर पेपाल बन्यो ।

– सन् २०२२ मा इबेले पेपाललाई १.५ बिलियन डलरमा खरिद गर्यो जसमा मस्कको हिस्सा १६५ मिलियन डलर थियो ।

– त्यसपछि मस्कले स्पेस रिसर्चको प्रविधिमा काम गर्न सुरु गरे । उनको यहि कार्यक्रमलाई स्पेस–एक्स नाम दिइयो जसले ‘मानिस भोलिको समयमा अन्य ग्रहमा पनि बस्न सक्छन्’ भन्ने दाबी गर्यो ।

– सन् २००४ मा एलन मस्कले इलेक्ट्रिक कार कम्पनी टेस्ला निर्माण गरेर भने, ‘भविष्यमा सबैकुरा विद्युतीय हुनेछ, स्पेसमा जाने रकेट पनि र टेस्ला यो परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका निभाउनेछ ।’

अब एलन मस्कबारे केही यस्ता जानकारी, जसबारे सायद तपाईंलाई थाहा नहोलाः

– डिसेम्बर सन् २०१६ मा एलन मस्कले एक ट्वीट गरे – ट्राफिकले मलाई पागल बनाइदियो । म एउटा टनल बोरिङ मेसिन बनाउँदैछु र खन्दै छु । त्यसै दिन उनले द बोरिङ कम्पनी रजिस्टर गरे । उनले सन् २०१८ मा अन्डरग्राउन्डको एउटा प्रोटोटाइप पनि बनाए । उनले बोरिङ कम्पनीको आगो निभाउने मेसिन पनि बनाएर मजाकमै २० हजार युनिट बिक्री गरे ।

– एलन मस्क मंगल ग्रहमा मानिसको सेल्फ सस्टेनिङ कोलोनी बसाउन चाहन्छन् । उनका अनुसार न्युक्लियर युद्ध वा कुनै क्षुद्रग्रह ठोक्किँदा पृथ्वीको अस्तित्व खतरामा आएको खण्डमा हाम्रो लागि सबैभन्दा उपयुक्त मंगल ग्रह नै हो । यसले मानिस आफ्नो विनास रोक्नसक्छ । सेप्टेम्बर सन् २०१६ मा मस्कले आफ्नो योजना र प्राविधिक पाटोबारे विस्तारपूर्वक बताएका पनि थिए । मस्कका अनुसार सन् २०२२ सम्म स्पेसएक्स रकेट मंगल ग्रहमा जान सक्छ । सन् २०५० सम्म त्यहाँ सेल्फ सस्टेनिङ मानव बस्ती देख्न सकिने उनले बताएका छन् ।

एलन मस्कविरुद्ध ट्विटरले निकाल्यो आफ्नो अन्तिम हतियार – पोइजन पिल

– मानिसको दिमागलाई कम्प्युटरसँग जोड्नेबारे हामी सोच्न मात्रै सक्छौँ तर एलन मस्कले न्युरालिंकमार्फत् एउटा यस्तो मेसिन बनाउन सुरु गरेका छन् जसले मानिसको दिमागलाई कम्प्युटरसँग जोड्नेछ । एलनको ट्र्याक रेकर्ड हेर्दा यो सम्भावनालाई अस्वीकार पनि गर्न सकिँदैन ।

– एलन मस्कले सन् २०१६ मा सोलर सिटी अधिग्रहण गरे । त्यसपछि उनी सोलर टाइल्समा इनोभेसन गरिरहेका छन् । अर्थात्, तपाईंको घरको छत वा भित्ता यस्तो हुनेछन् कि जसले सूर्यबाट ऊर्जा पैदा गर्न सक्षम हुनेछन् ।

– मे सन् २०१८ मा एलन मस्कले एउटा ट्वीट गरे – म एउटा क्यान्डी कम्पनी सुरु गर्दैछु । त्यसपछि उनले भने, ‘म यसका लागि असाध्यै गम्भीर पनि छु । त्यसपछि उनले बोरिङ क्यान्डी सुरु गरे । यो क्यान्डी अन्तरिक्षमा लैजान सकिन्छ ।

अब अन्त्यमा यो थाहा पाऔँ कि आफ्ना सबै विलासी घर बेचेर एलन मस्क कहाँ बस्छन् ?

सन् २०२० मा एलन मस्कले ट्विटरमा आफूले जीवनको भव्यता कम गरिरहेको र अब आफूसँग कुनै पनि घर नभएको बताएका छन् । एक वर्षमा नै उनले आफ्ना सबै ७ विलासी भवन बेचिदिए । फोर्ब्सको एउटा रिपोर्ट अनुसार उनी 20*20 को एउटा भाडाको घरमा बस्छन् । यो घरलाई बोक्साबल नामको हाउजिङ स्टार्टअपले बनाएको छ । यो घर फोल्ड गर्न मिल्छ र स्थानान्तरण गर्न सकिन्छ ।

आफ्नो एउटा अन्तरवार्तामा एलन मस्कले आफ्नो जीवन आफ्नो खर्च चलाउन साथीसँग पैसा उधारो लिनुपर्ने दिन पनि आएको बताए । तपाईंलाई कंगाल हुने हो कि भन्ने डर लाग्दैन भनेर सोधिएको प्रश्नमा उनले भनेका थिए, ‘के नै होला र ? मेरा बच्चाहरु सरकारी स्कूलमा जानुपर्ला, यसको ठूलो कुरा नै के छ र ? म आफैँ पनि सरकारी स्कूलमा पढेको हुँ ।’

 

यो समाचार आजको रातोपाटिमा छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑