
बैशाख,३- यो साता सुनको मूल्य प्रतितोला २ हजार ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । अघिल्लो साताको शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला २ हजार ५०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार अघिल्लो साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ५०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा बढेर १ लाख २ हजार रुपैयाँ पुगेको छ । यस्तै, गत साताको शुक्रबार तोलामा ९९ हजार रुपैयाँ रहेको तेजाबी सुनको मूल्य हाल १ लाख १ हजार ५०० रुपैयाँ छ ।
यो साताको आइतबार बढेको सुनको मूल्य सोमबार ओरालो लागेको थियो । यस्तै, मंगबालबार बढेको सुनको मूल्य बुधबार फेरी घटेर प्रतितोला १ लाख १ हजार ५०० रुपैयाँ कायम भएको थियो । विहीबार कारोबार नभएको सुनको मूल्य शुक्रबार पुनः उकालो लागेको महासंघले जनाएको छ ।
यसैगरी, यस अवधिमा चाँदीको मूल्य पनि उकालो लागेको छ । गत साताको शुक्रबार प्रतितोला १३ सय ४५ रुपैयाँ रहेको चाँदीको मूल्य यो साताको शुक्रबारसम्ममा प्रतितोला ६० रुपैयाँले बढ्दै १४ सय १५ रुपैयाँ पुगेको छ ।

यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर