
बैशाख,३- आइएमईले ‘आइएमई २०७९ मा २०७९’ नामक सेवाग्राही मैत्री व्यापार प्रवर्द्धनात्मक योजना सार्वजनिक गरेको छ । कम्पनीकाअनुसार यो योजना १ वैशाख देखि ३१ वैशाखसम्म कायम रहनेछ । आइएमई ग्रुपको काठमाडौं पानी पोखरीस्थित केन्द्रीय कार्यालयमा एक विशेष कार्यक्रममा आयोजना गरी नयाँ वर्ष योजना सार्वजनिक गरिएको हो ।

कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले पर्व वा विशेष अवसरलाई लक्षित गरी तयार पारिएको सेवाग्राहीमुखी व्यापार प्रवर्द्धनात्मक कार्यक्रमले सेवाग्राही र आइएमई बीचको सम्बन्धलाई अझ मजबुत बनाउने बताए । उनले यस्ता योजनाहरू विगतमा जस्तै आम सेवाग्राहीहरूको उल्लेख्य सहभागिता हुने विश्वास व्यक्त गरे ।
एक महिनासम्म चल्ने यो योजनामा विदेशबाट आइमईमार्फत पठाइएको रकम नेपालभरका एजेन्ट/सव एजेन्ट आउटलेट मार्फत प्राप्त गर्दा विजेता बनिन्छ । यस्तै, बैंक ट्रान्सफर गर्दा वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा हरेक हप्ता १५ जना विजेता रहनेगरी यो योजना अवधिभर जम्मा ६० जना भाग्यशाली विजेताहरूले प्रतिव्यक्ति २ हजार ७९ रुपैयाँ र बम्परमा १ भाग्यशाली विजेतालाई २ लाख ७ हजार ९०० रुपैयाँ जित्नेछन् ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर