• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 16, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

कुनै पनि हालतमा निर्वाचन सर्दैन : आयुक्त भण्डारी

खप्तड मालिका न्युज April 16, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बैशाख,३-  निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले संविधानको सफल कार्यान्वयनका लागि तोकिएकै समयमा निर्वाचन गराउनुपर्ने भएकाले आगामी वैशाख ३० मा हुने निर्वाचन नसर्ने बताएका छन् । शनिबार हेटौंडामा आयोजित मिडिया अभिमुखीकरण कार्यक्रममा बोल्दै आयुक्त भण्डारीले निर्वाचन सर्छ भनेर जिम्मेवार व्यक्तिले बोल्दै गर्दा विगतमा आफैंले लेखेर ल्याएको संविधानमा पनि एकपटक फर्केर हेर्नुपर्ने बताए । उनले आगामी बैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचन नसर्ने बताए ।

उनले निर्वाचन सर्छ भनेर आम जनतामा भ्रम छर्ने काम गर्नु भनेको जनतामा जान डराउनु सरह रहेकाले यस बारेमा पनि सचेत हुन आग्रह गरे । निर्वाचन नहुने, निर्वाचन सर्न सक्छ भन्ने भ्रामक समाचारलाई वेवास्ता गर्न समेत उनले आग्रह गरे । उनले लोकतन्त्रको सुन्दर पक्ष भनेकै निर्वाचन रहेकोले कुनै पनि अवस्थामा निर्वाचन हुने कुरा प्रष्ट पारे ।

तोकिएको समयमा निर्वाचन नभए स्थानीय तहसँग सम्बन्धित ऐन कार्यान्वयनमा बाधा उत्पन्न हुने भन्दै निर्वाचन सम्पन्न गर्न सञ्चार जगतको भूमिका महत्वपूर्ण रहने बताए । ‘म तपाई समक्ष के निवेदन गर्छु भने आगामी वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचन सर्दैन । निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो । यदि त्यसलाई सार्ने चेष्टा भयो भने संविधान मिचिन्छ । स्थानीय तह सञ्चालन ऐन कार्यान्वयनमा बाधा आउँछ । संविधान र ऐन मिचिएपछि के–के होला आफ्नो ठाउँमा छ । त्यो बहस पछि होला । तर, निर्वाचन सर्छ भनेर जनतामा भ्रम फैलाउनु चुनाबमा जान डराउनु हो । यस तर्फ सबै जिम्मेवार बन्नुपर्छ’ उनले भने ।

उनले निर्वाचन आयोगले गत २५ गतेदेखि निर्वाचन आचार संहिता लागू गरिसकेकाले यसको सफल कार्यान्वयन गर्न सबैले आफ्नो तर्फबाट भूमिका खेल्नुपर्ने बताए । आचारसंहिताले आयोगसहित राजनीतिक दल, तिनै तहका सरकार, पत्रकार, कर्मचारीलगायतका क्षेत्रलाई बाँध्ने भएकाले यसको उलंघन नगर्न पनि अनुरोध गरे ।

‘निर्वाचन आयोगले चैत २५ गतेबाटै आचारसंहिता कार्यान्वयनमा ल्याइसकेको छ, आचारसंहिता उल्लंघन भए कारबाही हुनेछ’ आयुक्त भण्डारीले भने । उनले कार्यक्रममा बोल्दै निर्वाचन आयोगले बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको व्यवस्थापन चुस्तदुरुस्त रुपमा गरिरहेको भन्दै निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृतसहित सम्पूर्ण कर्मचारीहरुलाई अभिमुखीकरण समेत गरिएको जानकारी दिए ।

 

यो समाचार आजको रातोपाटिमा छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑