
बाजुरा : बाजुरा घर भएका एक २३ बर्षिय युवक भारतको उत्राखण्ड पौडी गडवाकोे पाबु भन्ने ठाउँमा मृत अवस्थामा फेला परेका छन । बाजुरा जिल्लाको बडीमालिका नगरपालिका वडा नं. १ पाटा स्थायी घर भएका जयराज पण्डितका छोरा विश्वराज पण्डित भारतको उत्राखण्ड पौडी गडवाकोे पाबु भन्ने ठाउँमा यहि बैसाख १ गते विहान ९ बजे नदिमा मृत अवस्थामा फेला परेको आफ्न्त भक्त बहादुर खत्रीले बताएका छन । विगत केही समय देखी श्रीमती सहित लगेर घरबाट पैसा कमाउने उद्देश्यका साथ हिडेका पण्डित विहिवार भारतको उत्राखण्ड पौडी गडवाकोे पाबु भन्ने ठाउँमा आफ्नो कोठाबाट विहान ५ बजे पिसाव गर्न भनी निस्केको र ९ बजे सम्म पनि कोठामा नआएपछि उनको श्रीमती लगायत आफ्तले खवर गरी खोज्न जाँदा नजिकैको नदिमा पानी माथि मृत अवस्थामा भेटिएको आफ्न्तले बताएका छन ।
मृतक पण्डित यस अघि धेरै पटक सोही ठाउँमा काम गदै र बस्दै आएका थिए । यो पटक घरबाट श्रीमती सहित लगेर पैसा कमाउन भनेर भारतको उत्राखण्ड पौडी गडवाकोे पाबु भन्ने ठाउँमा कोठा लगी काम गरी रहेका थिए । बिहीबार विहान एका एक कोठाबाट निश्केर पिसाव गर्न भनी खोला गएका र उनकी श्रीमतीलाई चिया बनाई राख्नु भनी कोठाबाट हिडेका थिए । ९ बजी सक्दा पनि कोठामा नआए पछि खोजी गर्न जाँदा पानीमा डुवेर पानी माथि मृत अवस्था भेटिएका हुन । उनी बाजुराबाट करिव छ महिना अघि नै भारत गएका थिए । उनलाई बिहिवार ९ बजे मृत फेला पारी आफ्न्त र पुलिस द्धारा चेक जाँचका लागी पौडी जिल्ला अस्पताल लगीएको थियो । भने मृतकको शुक्रबार नै पाबुमा अन्तिम दाह सँस्कार गरीएको आफन्त लालचन्द्र पाध्याले बताएका छन ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर