
चैत्र,२९- काठमाडौंको तारकेश्वर नगरपालिका–१ आनन्द टोलस्थित सडकमा भेटिएको पैसा एकजना महिलाले प्रहरीलाई बुझाएकी छिन् । आनन्द टोल स्थित ‘तनहुँ छाप्दी बाराही किराना स्टोर’ अगाडि ४० वर्षीया सम्झना पन्तले चैत २७ मा ५० हजार नगद भेटेकी थिइन् ।

सो नगद सम्बन्धित धनी पत्ता लगाएर हस्तान्तरण गर्नेगरी संझनाले प्रहरीलाई बुझाएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश राज मैनालीले रातोपाटीलाई बताए । पाँच सय दरका १०० थान नोट महानगरीय प्रहरी वृत बालाजुमा राखिएको छ ।
सो रकम आफ्नो भएको प्रमाण सहित बालाजु वृत्तमा सम्पर्क गर्न महानगरीय प्रहरी परिसर, काठमाडौंले आग्रह गरेको छ । भेटेको रकम बुझाएकोमा सम्झनालाई परिसर काठमाडौंले धन्यवाद दिएको छ ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर