
चैत्र,२९- भारतमा एकपटक पुनः कोरोना संक्रमितको संख्या वृद्धि हुन थालेको छ । पछिल्लो एक हप्तामा कोरोना संक्रमितमा ह्वात्तै वृद्धि भएको छ । उक्त समयमा यहाँ ८९ प्रतिशत, हरियाणामा ५० प्रतिशत र दिल्लीमा २६ प्रतिशतसम्म बढेको छ । यसैबीच गुजरातमा एक व्यक्ति एक्सई भेरियन्टद्वारा संक्रमित भएको जानकारी प्राप्त भएको भारतीय सञ्चार माध्यमले बताएको छ ।

यस्तोमा भारतमा कोरोनाको चौथो लहरको आशंका गरिएको छ । यहाँको केन्द्र सरकारले पनि चीन र अमेरिकामा बढ्दो कोभिडको मामिलाबीच ५ राज्यलाई चेतावनी जारी गरेको छ ।
भारतको कुन राज्यमा कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढे ?
दिल्लीः
४ देखि १० अप्रिलबीच कोरोनाका ९४३ संक्रमित भेटिए । यो अघिल्लो हप्ता भेटिएका कोरोना संक्रमितभन्दा २६ प्रतिशत बढी हो ।
हरियाणा ः
४ देखि १० अप्रिलबीच कोरोनाका ५१४ नयाँ संक्रमित भेटिए । यो अघिल्लो हप्ता भेटिएका संक्रमितभन्दा ५० प्रतिशत बढी हो ।
४ देखि १० अप्रिलबीच कोरोनाका ११५ संक्रमित भेटिए । यो अघिल्लो हप्ताभन्दा ८९ प्रतिशत बढी हो ।
स्वास्थ्य मन्त्रालयले ५ राज्यमा कस्ता खालका चेतावनी जारी गरेको छ ?
– चीन र अमेरिकामा बढ्दो कोभिड संक्रमितका बीच स्वास्थ्य मन्त्रालयले पाँच राज्यका लागि चेतावनी जारी गरेको छ । केन्द्रीय स्वास्थ्य सचिव राजेश भूषणले दिल्ली, हरियाणा, केरल, महाराष्ट्र र मिजोरमको सरकारलाई चिट्ठी लेखेको छ । राज्यसँग सतर्कता बढाउन र संक्रमणको दर बढ्ने कारणलाई गम्भीरताका साथ अनुसन्धान गर्न भनेको छ ।
– स्वास्थ्य सचिवले यी राज्यमा दैनिक संक्रमित दर र संख्या बढिरहेको कारण राज्य सरकारले स्थितिलाई गम्भीरताका साथ समीक्षा गर्न र आवश्यक पर्दा कोभिड–१९ को विषयमा नयाँ गाइडलाइन पनि जारी गर्न भनेको छ ।
– यसैबीच गुजरातमा एक व्यक्ति एक्सई भेरियन्टद्वारा संक्रमित भएको जानकारी प्राप्त भएको छ । राज्यमा एक्सएम भेरियन्टका एकजना संक्रमित पनि भेटिएको बताइएको छ ।
– यसका साथै बेलायत र चीनमा नयाँ लहरको पछाडि एक्सई भेरियन्ट नै जिम्मेवार भएको बताइएको छ ।
कोरोनाको चौथो लहरको विषयमा के छ जानकारी ?
– आइआइटी कानपुरको शोधमा भारतमा २२ जूनसम्म कोरोनाको चौथो लहर आउने अनुमान छ ।
– चौथो लहर चार महिना रहने र २३ अगस्टमा पिकमा पुग्ने अनुमान छ ।
– अनुसन्धाताले अक्टोबर २४ सम्म चौथो लहर समाप्त हुनसक्ने बताएका छन् ।
– जिम्बाब्वेको डाटा स्ट्याटिस्टिकल मोडलिङमार्फत् लगाइयो अनुमान ।
– आईआईटी कानपुरले तेस्रो लहरको सटिक भविष्यवाणी गरेको जानकारीमा उल्लेख छ ।
के हो कोरोनाको एक्सई भेरियन्ट ?
– नोभेम्बर सन् २०२१ मा दक्षिण अफ्रिकामा भेटिएको कोरोनाको भेरियन्ट अफ कन्सर्न ओमिक्रोन यस वर्ष संसारभरी पाइएको कोरोनाको ९० प्रतिशतभन्दा बढी संक्रमणका लागि जिम्मेवार छ ।
– ओमिक्रोनका तीन सब भेरियन्ट छन् – BA.1, BA.2 और BA.3, तर पहिलो दुई सब–भेरियन्ट नै बढी घातक छन् जबकी …. त्यति संक्रामक छैन ।
– एक्सई भेरियन्ट ओमिक्रोनको सब भेरियन्ट BA.1 र BA.2 को सम्मिश्रणबाट बनेको हो अर्थात् यो रिकम्बिनेन्ट वा हाइब्रिड भेरियन्ट हो ।
– रिकम्बिनेन्ट भाइरस दुई पहिला नै भएका भेरियन्टको कम्बिनेशनबाट बन्छ । भाइरसमा लगातार भइरहेको म्युटेशन अर्थात् परिवर्तनका कारण यस्तो हुन्छ ।
– रिकम्बिनेन्ट भेरियन्ट नयाँ होइन, यसअघि डेल्टा र ओमिक्रोन भेरियन्टका रिकम्बिनेन्टका केस पाइसकेका छन् ।
– डब्ल्यूएचओले एक्सईलाई हाल नयाँ भेरियन्टको साटो ओमिक्रोनको सब–भेरियन्ट श्रेणीमा राखिएको छ ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर