• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 14, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

तीनमुखे झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा

खप्तड मालिका न्युज April 12, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

चैत्र,२९-  पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रिडीमा निर्माणाधीन एशियाको पहिलो तीनमुखे झोलुङ्गे पुलको काम अन्तिम चरणमा पुगेको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ चण्डीभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका–१४ अर्गली र गुल्मीमा रुरुक्षेत्र गाउँपालिका–१ रिडी जोड्ने पुलको काम अन्तिम चरणमा पुगेको हो । कालीगण्डकी नदीको बीचमा नौ मिटर रनिङ गोलाइ भएको ‘पिलर’ निर्माण भएको छ ।

पुलमा २५ मिटर उचाइसहितको भ्यूटावर, तीन जिल्लाको तीनैतर्फ १७७ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको छ ।

नेपालकै चार धाममध्येको एक धाम रुरुक्षेत्र धाम रिडीमा गुल्मी, पाल्पा र स्याङ्जा जोड्ने तीनमुखे पुलको काम अन्तिम चरणमा पुगेपछि स्थानीय बासिन्दा उत्साहित भएका छन् । कालीगण्डकी नदीमाथि निर्माण गरिएको आकर्षक पुल हेर्नका लागि आन्तरिक पर्यटकको पछिल्लो समयमा चहलपहल बढेको हो ।

निर्माण थालनी गरिएको सात वर्षसम्म पुलको काम सम्पन्न नहुँदा स्थानीय बासिन्दा निरुत्साहित बनेका थिए । तर पछिल्लो दुई वर्षयता पुल निर्माणले गतिमा लिएकोे हो । अहिले पुलको दुईतिर जाली, लाइटिङ, टपमा सोलार र भ-याङ, रेलिङ निर्माण र झण्डा राख्ने संरचना निर्माणको काम भइरहेको छ ।

आगामीे वैशाख महिनाभित्र सम्पूर्ण काम पूरा गरी पुलको उद्घाटन गर्ने तयारीमा रहेको लभलीना कन्स्ट्रक्शनका निर्माण व्यवसायी सुशान्त यादवले बताए । कालीगण्डकी नदीमा बाढी, पहिरो, कोरोना, आर्थिक अभावले समयमै पुलको निर्माण सम्पन्न गर्न झमेला भएको उनले बताए ।

रु नौ करोड ८८ लाख २६ हजार ३३२ मा नयाँ बाटो रुबिना मना जेभीले ललितपुरको पुल्चोकस्थित स्थानीय पूर्वधार विभागअन्तर्गतको झोलुङ्गे पुल शाखासँग पुलको ठेक्का सम्झौता गरेको थियो । पुल निर्माण अन्तिम चरणमा पुगेपछि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने देखिएको छ ।

स्थानीय बासिन्दा विष्णु परियारका अनुसार पुलमा टहलिन आन्तरिक पर्यटक त्यहाँ पुग्न थालेका छन् । कालीगण्डकी नदीमा स्नान गरी ऋषिकेश मन्दिरको दर्शन गरी सो पुलमा पुगी रमाइलो गरी गन्तव्य फर्किन थालेको उनले बताए । विसं २०७१ मङ्सिर १५ गते निर्माण थालिएको थियो ।

 

यो समाचार आजको रातोपाटिमा छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑