
चैत्र,२८- रौतहटको कटहरिया नगरपालिका २ हंथियाही गाउँ स्थित २ घर गोठमा भएको आगलागीमा लाखौँ रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । लामखुट्टे धपाउन बालिएको धूपबाट सल्किएर आज सोमबार बिहान ३ बजे स्थानीय सुनिल कुमार झाको गोठमा आगलागी भएको थियो । आगलागीबाट गोठ तथा गोठभित्र राखिएको काठ र फर्निचर जलेर २ लाख बराबरको क्षति भएको पीडित झाले बताएका छन् ।

सोही गोठ बाट सल्किएर छेउमै रहेको नरेन्द्र झाको गोठमा समेत आगलागी भएको थियो । लगत्तै स्थायी प्रहरी चौकी छेदिचौकबाट गएको टोली र गाउँलेहरू मिलेर आगलागी नियन्त्रणमा लिएका थिए । नरेन्द्र झाको गोठमा आंशिक रूपमा भए पनि ५० हजार बराबरको क्षति भएको पीडित परिवारले जानकारी दिएका छन् । बिहानीपख गाउँलेहरू गोठ तथा खेत तर्फ तत्काल पुगेकाले ठुलो क्षति हुन बाट जोगिएको इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई सुरेश गुप्ताले जानकारी दिएका छन् ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर