
चैत्र,२७ – अभिनेत्री नीता ढुंगाना र युवा ज्योतिष तथा अभिनेता हरिहर अधिकारीबीच रहेको प्रेम बाहिर नलुकेको विषय हो । दुवैले प्रेमको विषयमा खुलेर केही नबताए पनि उनीहरुले एकअर्का प्रति गर्ने व्यवहारले प्रेम रहेको सजिलै अनुमान लगाउन सकिन्छ ।
प्रेमकोअलवा दुबैले काममा पनि सहकार्य गरिरहेका छन् । हरिहरले चलाउने एक टिभी शोको नीताले निर्देशन गरिरहेकी छन्, भने दुबैले सहकार्यमा फिल्म बनाउने तयारी पनि छ । यस्तै हरिहरिको आज (आइतबार)परेको जन्मदिनको शुभकामनामा पनि नीताले मनको मान्छे भनेर प्रेम ब्यक्त गरेकी छन् ।
‘जिन्दगीको- गोरेटोमा एउटा साथ थपिएको सहकर्मी हजुर, राम्रो मान्छे, मनको मान्छे उदाहरणीय मान्छे हजुर, हजुरको यो अनुहारमा यसरी नै खुसी देख्न पाइयोस्’, उनले सामाजिक संजालमा लेखेकी छन्, ‘हजुरलाई जन्मदिनको धेरै धेरै शुभकामना हजुर, भगवान सधैं दाहिने रहून् ।’ स्टाटसको अत्यमा उनले थुप्रै प्रेमको प्रतिक समेत पोष्ट गरेकी छन् ।

यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर