
चैत्र,२७- गोल्छा अर्गनाइजेसनद्वारा नेपालको पहिलो पि.इ.बी (प्रि– इन्जिनियर स्टील विल्डिङ्स) को उद्यम गर्ने संस्थाको रुपमा हिप्को इन्फ्रा स्थापना भएको छ । हुलास स्टील इन्डस्ट्रिजले अत्याधुनिक प्रविधिहरूको प्रयोग गरी विभिन्न गुणस्तरीय उत्पादनहरू मार्फत आधुनिक विकासको लागि महत्त्वपूर्ण भुमिका खेल्दै आइरहेको सन्दर्भमा हिप्को इन्फ्रा स्थापना भएको हो । दैवी बिपत्तिहरूबाट हुने भौतिक क्षतिलाई न्यून गराउन तथा आधुनिक, वैज्ञानिक एवम् व्यवस्थित निर्माणलाई प्रोत्साहन गर्न हुलास स्टिलले विभिन्न गुणस्तरीय उत्पादनहरु उत्पादन गर्दै कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संस्थाले पि.इ.वी अवधारणा अन्तर्गतमा रहेर आधुनिक, वैज्ञानिक एवम् सुरक्षित रुपमा गुणस्तरीय निर्माण मार्फत ग्राहकवर्गलाई सेवा, सुविधा प्रदान गर्दै आइरहेको जनाइएको छ । हिप्को इन्फ्राले नवीनतम प्रविधि र अन्तर्राष्ट्रिय मान्यता प्राप्त सफ्टवेयरमार्फत हाल नियमितरुपमा मध्यमदेखि ठूलाठूला परियोजनाहरु जस्तैः व्यावसायिक भवन, रेसिडेन्टल, वेयर हाउस, पोल्ट्री, शोरुम, स्टोर तथा अन्य थुप्रै संरचनाहरूको गुणस्तरीय निर्माण गर्दै आइरहेको छ ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर