
चैत्र,२७- बालबालिका हुर्काउन विश्वका जुनसुकै मुलुक पनि महँगो देखिएको छ । यो मामिलामा अमेरिका कम खर्चालु देखिए पनि चीन विश्वकै महँगो देखिएको छ । बच्चा हुर्काउने मामिलामा जन्मदेखि १८ वर्षको उमेरसम्म दक्षिण कोरिया विश्वकै महँगो देखिएको छ । यो कुल ग्रार्हस्थ उत्पादनको आधारमा मापन गरिएको अनुसन्धान मुलुक फर्म जेफरिजल (जेईएफ) ले जनाएको छ । जीडीपी देशको आर्थिक गतिविधिको बृहत मापन हो ।
यो मामिलामा चीन दोस्रो स्थानमा छ भने इटाली तेस्रो स्थानमा छ । अमेरिका १४ सर्वाधिक महँगा देशहरु मध्येको मध्यमा रहेको छ । यो मुलुक जर्मनी र जापानबीच रहेको छ ।
यद्यपि, रकमको आधारमा हेरिने हो भने चीन बालबालिका हुर्काउने मामिलामा सस्तो मुलुक मध्येमा पर्छ । तर यो तुलनात्मक हो । ‘यदि हामीले औसत खर्चयोग्य आम्दानीलाई मिलान गर्ने हो भने चीन विश्वकै सर्वाधिक महँगो मुलुकमा पर्न जान्छ,’ जेफरीजका अनुसन्धानकर्ताहरुले बताएका छन् ।
त्यसो हो भने सुदूर पूर्वमा बच्चा हुर्काउनका लागि कत्तिको महँगो पर्न जान्छ ? यसको ठूलो क्षेत्र भनेको शिक्षाको लागत हो र उनीहरु युवावस्थामा पुुगेपछिको लागत पनि ठूलो हुने गर्छ । चीनमा प्रि–स्कुल सेवाहरु पछिल्लो अवस्थासम्म धेरै जसो निजी भएको जेफरीहरुले बताएका छन् ।
चीनमा १८ वर्षको उमेरसम्म बच्चा हुर्काउनका लागि ७५,००० डलर लाग्छ र युनिभर्सिटीका लागि अर्को २२,००० हजार डलर लाग्छ । यद्यपि, यो अमेरिकामा विद्यार्थीले सामना गर्ने खर्चको तुलनामा अत्यन्त सस्तो लाग्छ । यसमा ठूलो भिन्नता छ ।

यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर