
चैत्र,२७- युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले रुसको निशानमा युक्रेनमात्रै नभई पूरा युरोप रहेको दाबी गरेका छन् ।

जेलेन्स्कीले शनिबार अबेर राती आफ्नो सम्बोधनमा रुसको आक्रामकता युक्रेनसम्म मात्रै सिमित नभई पूरा युरोप उसको निशानामा भएको बताएका छन् ।
जेलेन्स्कीले यतिबेला पश्चिमी देशसँग रुसको ऊर्जा उत्पादनमा पूर्ण रुपमा प्रतिबन्ध लगाइदिन भनेका छन् । साथै युक्रेनलाई अतिरिक्त हतियारको आपूर्ति गर्न पनि माग गरेका छन् ।
उनले भनेका छन्, ‘रुसले बल प्रयोग गर्नु एउटा यस्तो विध्वंश हो जसले अन्ततः सबैलाई प्रभावित गर्नेछ ।’ रुसको सेना युक्रेनको पूर्वी हिस्सामा जुटेको विषयमा जेलेन्स्कीले युक्रेन कठिनतम लडाईंका लागि तयार भएको बताएको छ ।
उनले भने, ‘यो मुश्किल लडाईं हुनेछ । हामीलाई आफ्नो जीतमाथि विश्वास छ । हामी लड्नुका साथै कुटनीतिक माध्यमबाट पनि यो युद्धलाई रोक्नका लागि तयार छौँ ।’
अर्कोतर्फ, युक्रेनका प्रमुख वार्ताकार मिखाइलो पोडोल्याकले पूर्वी तर्फको युद्धमा रुस पराजित नभएसम्म राष्ट्रपति जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट नगर्ने बताएका छन् ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर