• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 01, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

कोभिडका कारण दुई वर्षपछि लाग्यो हलेसीमा रामनवमी मेला

खप्तड मालिका न्युज April 10, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

चैत्र,२७-   रामनवमीको अवसरमा खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा दर्शनार्थीको घुइँचो लागेको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने हलेसीमा रामनवमीको अवसरमा आइतबार बिहानदेखि दर्शनार्थीको बाक्लो भिड लागेको हो । हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको हलेसीमा कोभिड–१९ को महामारीका कारण दुई वर्षपछि रामनवमी मेला लागेको हो ।

कोभिड–१९ को महामारीका कारण हलेसीमा २०७६ र २०७७ सालमा रामनवमी मेला रोकिएको थियो । बिहान झिसमिसदेखि हलेसीमा महादेवस्थानमा दर्शन गर्ने र पूजापाठ गर्ने दर्शनार्थीको बाक्लो भिड लागेको छ ।
मध्यपहाडी लोकमार्गले छोएको हलेसीमा मेला भर्न र दर्शन गर्न स्वदेश तथा विदेशबाट दर्शनार्थी आउने गरेका छन् । पछिल्लो समय सडकको सहज पहुँचका कारण दर्शनार्थी रिजर्भ गाडीमा आउने र दर्शन गरेलगत्तै फर्कने गरेका कारण हलेसीमा भिडभाड भने तुलनात्मक रुपमा कम देखिन थालेको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले बताए ।

‘पहिला सडक बनेको थिएन । दर्शनार्थी पैदल हिँडेर हलेसी आउन पर्थ्यो, खाना बनाएर खान पर्थ्यो, विश्राम गर्न पर्थ्यो, अहिले गाडीमा आएर दर्शन गरेर फर्किने गरेका छन्,’ प्रमुख राईले भने, ‘त्यहीकारण हलेसीमा पहिलाको तुलनामा दर्शनार्थीको चाप कम देखिन्छ । दर्शनार्थी आइरहनुभएको छ । तर, दर्शन गरेर फर्किहाल्ने गरेका कारण भिडभाड कम देखिन्छ । दर्शनार्थी आउने क्रम घटेको होइन ।’

हलेसीमा रामनवमीको अघि र पछि गरी हप्ता दिनसम्म मेला लाग्ने गरेको छ । हलेसीमा दर्शन गर्न र मेला भर्न आएका दर्शनार्थीका कारण त्रिपालले ढाकिएका अस्थायी टहरामा राखिएका पसल तथा होटल भरिभराउ भएका छन् । जिल्ला तथा जिल्ला बाहिरका व्यापारी आउने भएकाले हलेसीमा लाग्ने मेला आर्थिक विनिमयको केन्द्रका रूपमा स्थापित छ ।

रामनवमीको अवसरमा मेला भर्न तथा दर्शन गर्न नेपालबाहेक, सिक्किम, दार्जिलिङ, बिहार, नयाँदिल्ली, चीन, तिब्बत, भुटानलगायतका देशबाट दर्शनार्थीहरू हलेसी आउने गरेका छन् । भिडका कारण हलेसीका साना तथा ठूला होटल व्यस्त छन् ।

हलेसी पुग्ने सहज बाटो बनेपछि काठमाण्डौ, बिराटनगर, धरान, जनकपुर, पोखरालगायतका दर्शनार्थीहरू गाडी रिजर्भ गरेर हलेसीमा आउने जानेक्रम बाक्लिएको छ । हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने र महादेव गुफा, बसासा गुफा, मञ्जुश्री गुफा, गर्दुम गुफा, भैरव गुफा, दुंदेलो गुफा, धर्मद्वार, पापद्वार लगायतका प्राकृतिक स्थान अवलोकन गर्न पर्यटक तथा दर्शनार्थीहरू हलेसी आउने गरेका छन् ।

 

यो समाचार आजको रातोपाटिमा छ ।

सम्बन्धित पोस्ट
  • आईपीएल: आरसीबीमाथि गुजरातको सानदार जित
  • लगातार तीन दिन सार्वजनिक बिदा स् आज अस्पतालमा ओपिडी सेवा सञ्चालन
  • वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै
  • गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    आईपीएल: आरसीबीमाथि गुजरातको सानदार जित

    लगातार तीन दिन सार्वजनिक बिदा स् आज अस्पतालमा ओपिडी सेवा सञ्चालन

    वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै

    समाचार

    आईपीएल: आरसीबीमाथि गुजरातको सानदार जित

    लगातार तीन दिन सार्वजनिक बिदा स् आज अस्पतालमा ओपिडी सेवा सञ्चालन

    वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै

    गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय

    नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑