
चैत्र,२७- शारीरिक रूपमा अपाङ्गता भएका शिक्षक परशुराम साहले अन्ततः अदालतको अन्तरिम आदेशपछि विद्यालयमा हाजिर गर्न पाएका छन् । सिरहा नगरपालिकामा हुने गरेको अनियमितताबारे सूचना मागेको निहुँमा उनलाई सारस्वरनाथ मावि, सारस्वरबाट सरुवा गरिएको थियो । शारीरिक रूपमा अपाङ्गता भएका शिक्षकलाई घरपायक र बाटोघाटो सुविधा भएको ठाउँमा सरुवा गर्नुपर्ने भए पनि नगरपालिकाले सात वर्षदेखि सारस्वर माविमा कार्यरत साहलाई फागुन २३ गते १८ किलोमिटर टाढा रहेको श्री आधारभूत विद्यालय, लगडी गदियानीमा सरुवा गरेको थियो ।
आफ्नो सरुवा नियम विपरित भएको भन्दै साहले उच्च अदालत राजविराजमा रिट निवेदन दिएका थिए । अदालतले रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै शिक्षक साहलाई सारस्वर माविमै हाजिर गराउन अन्तरिम आदेश दिएको हो ।
शिक्षा नियमावली, २०५९ को नियम १ मा अपाङ्गता भएका शिक्षकलाई अपायक पर्ने विद्यालयमा सरुवा गर्न नपाइने उल्लेख छ । शिक्षक साह भन्छन्, ‘नगरपालिकामा हुने अनियमितताको बारेमा मैले पटक पटक सूचनाको हक प्रयोग गरेर सूचना माग गरेको थिएँ तर अहिलेसम्म दिएको छैन, बरु मलाई दुःख दिने नियतले १८ किलोमिटर टाढा सरुवा गरेको थियो, मैले कानुनी लडाइँ लडेर पुनः सारस्वरमै हाजिर भएको हुँ ।’
साहले आफ्नो मुद्दाको बहस आफैले गरेका थिए । अदालतले शिक्षक साहको पक्षमा अन्तरिम आदेश जारी गरे पनि विद्यालयले भने उनलाई हाजिर हुन दिएको थिएन । त्यसपछि सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले नगरपालिकाका अधिकृत बलिराम यादवलाई फोन गरेर शिक्षक साहलाई अदालतको आदेश अनुसार तत्काल हाजिर गराउन भनेपछि मात्र सारस्वर माविमा उनलाई हाजिर गर्न दिइएको हो ।

यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर