
अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमितिको निर्वाचनअघि विवाद हुनु सामान्य झैं भइसकेको छ।

चार वर्ष पहिलेको निर्वाचनअघि कर्माछिरिङ शेर्पा पक्षले धेरै विषयमा असन्तुष्टि राखेको थियो। तत्कालिन संस्थापन पक्षले आफूअनुकुल निर्वाचन गर्न खोजेको र प्रतिनिधि छनोट गर्न लागेको भन्दै शेर्पा पक्षले दिनहुँ जस्तो विरोध गर्थ्यो।
चार वर्षअघि विवादलाई चिर्दै अध्यक्षमा निर्वाचिन भएका उनै कर्माछिरिङ शेर्पालाई अहिले असन्तुष्ट पक्षले आफू अनुकुल निर्वाचन गराउन खोजेको आरोप लगाएको छ।
आगामी असार ६ गते हुने भनिएको एन्फा केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि बी र सी डिभिजन क्लबको प्रतिनिधि छनोटमा संस्थापन पक्षले विवाद सिर्जना गरेको आरोप लागेको छ।
एन्फा निर्वाचनमा अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्बाङ पक्षबीच प्रतिस्पर्धा हुने पक्का जस्तै छ।
निर्वाचनका लागि बी डिभिजनबाट ११ क्लब र सी डिभिनज क्लबबाट ९ क्लबले मताधिकार पाउने व्यवस्था छ। दुबै डिभिजनमा १४-१४ क्लब भएकाले मताधिकारका लागि बिहीबार निर्वाचन गराउने तालिका थियो।
निर्वाचनका लागि क्लबका प्रतिनिधिहरू विहान ११ बजेभित्रमा एन्फा कम्प्लेक्स सातदोबाटो पुगेका थिए। तर निर्वाचन समितिले ४:४५ बजेदेखि मात्र निर्वाचन कार्यतालिका प्रकाशन गरेको थियो।
त्यसअघि एन्फा कार्यसमितिमा भएका व्यक्तिहरू क्लबको प्रतिनिधि बन्न पाउने कि नपाउने विषयमा दुई पक्षबीच विवाद भएको थियो।
एन्फाको विधान र निर्वाचनमा निर्देशिकामा एन्फा कार्यसमितिका व्यक्ति साधारणसभामा मताधिकारसहितको प्रतिनिधि हुन नपाउने उल्लेख छ। तर यो व्यवस्था प्रतिनिधि छनोट प्रक्रियामा लागू हुने विषयमा केही उल्लेख छैन।
सी डिभिजन क्लब प्लानिङ ब्वायज युनाइटेडका प्रतिनिधि बनेका दावा लामा र पुल्चोक स्पोट्स क्लबका प्रनिनिधि रविन्द्र जोशी एन्फा कार्यसमितिमा छन्। लामा पछिल्लो समय वरिष्ठ उपाध्यक्ष नेम्बाङ पक्षमा खुल्दै आएका व्यक्ति हुन्। लामासहितका व्यक्तिहरू सी डिभिजनको मताधिकार छनोट गर्ने प्रक्रियामा भाग लिन नपाउने एन्फा संस्थापन पक्षको दाबी छ।
नेम्बाङ पक्षले भने यो नियम साधारणसभामा मात्र लागू हुने दाबी गरेको थियो।
सी र बी डिभिजनमा संस्थापन पक्ष कमजोर भएकाले निर्वाचन प्रक्रियामा भाँजो हालेको नेम्बाङ पक्षको आरोप छ।
यसरी विवाद हुँदा संस्थापन पक्षका व्यक्तिले निर्वाचन समितिलाई धम्की दिएको गम्भीर आरोप समेत लागेको छ।
विवाद बढ्दै जाँदा निर्वाचन समितिले राति ७ बजेपछि निर्वाचन स्थगित गरेको थियो।
‘सी डिभिजन मताधिकारका लागि ओसिस क्लबका अध्यक्ष उत्तम बस्नेतले निर्वाचन प्रक्रियामा प्रतिनिधिहरूको विषय उपर लिखित निवेदन उजुरी पेश गरेको सम्बन्धमा छलफल गर्दा उक्त विषयमा स्पष्ट रूपमा एन्फा सचिवालयबाट लिखित निर्णय तथा विगतको निर्वाचनको सम्पूर्ण कागजात र प्रक्रियाको पूर्ण विवरण उपलब्ध गराउनका लागि अनुरोध गर्दै निर्वाचन कार्यतालिकामा प्रकासित क्रम संख्या नम्बर ३ (मतदाताको अन्तिम नामावली प्रकाशन) देखिका सम्पूर्ण कार्यक्रम हाललाई स्थगित गरिएको व्यहोरा सूचित गर्ने निर्णय गरियो,’ एन्फा निर्वाचन समितिका संयोजक श्रीराम दवाडीले निकालेको सूचनामा भनिएको छ।
त्यसपछि आक्रोशित बनेका एन्फा केन्द्रीय सदस्य दावा लामाले निर्वाचन समितिको कम्प्युटर तोडफोड गरेका थिए। उनले एन्फा अध्यक्ष र महासचिवले आफू पक्षमा बी र सी डिभिजन क्लबका प्रतिनिधि नआउने देखेपछि विवाद झिकेको आरोप लगाउँदै आफू आक्रोसित हुन बाध्य भएको प्रतिक्रिया दिएका छन्।
निर्वाचन कार्यतालिकानिर्वाचन स्थगित गरिएको सूचनाबी डिभिजन क्लब र उनीहरूका प्रतिनिधि


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर