
चैत्र,२६- कोलोम्बियामा बाढीमा परेर कम्तीमा पनि १३ जनाको ज्यान गएको छ । बाढीमा परेर कोलम्बियाको उत्तर पश्चिमी क्षेत्रमा १३ जनाको ज्यान गएको र अरु केही हराइरहेका बताइएको छ । त्यहाँ केही दिनदेखि अविरल वर्षा जारी छ । वर्षाका कारण बाढी आएको र शुक्रबारसम्ममा १३ जनाको ज्यान गएको यहाँको प्रकोप नियन्त्रण विभागले जनाएको छ ।

यहाँ अकस्मात भारी वर्षा सुरु भएको थियो । यहाँका विभिन्न स्थानमा वर्षा जारी रहेको छ । वर्षाका कारण यहाँको जनजीवन पनि प्रभावित भएको छ । वर्षा अहिले नै रोकिने अवस्था नदेखिएको भन्दै यहाँको मौसम विभागले नागरिकहरुलाई सतर्कता अपनाउन सूचना जारी गरेको छ । बाढीका कारण यहाँका कतिपय सडकहरुमा पहिरो गएकाले यातायात पनि अवरुद्ध भएको पाइएको छ ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर