
चैत्र,२६- नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले नेपाललाई उपभोक्ताको देश बनाइएको भन्दै आक्रोश व्यक्त गरेका छन् । पार्टीको काठमाडौँमा आयोजित जनसभालाई सम्बोधन गर्दै खनालले राजाका पालामा स्थापना उद्योगहरूसमेत निजीकरण गरेर खत्तम पारिएको बताएका हुन् ।

उनले भने, ‘३ करोड नेपालीले एक वर्षमा दुई जोर जुत्ता फेर्दा पनि वर्ष ६ करोड जुत्ता बिक्री हुन्थ्यो । तर स्वदेशमा उत्पादन हुने बाँसबारी जुत्ता कारखाना कहाँ गयो ?’ उत्पादन हुन थालेका कारखाना बन्द गराएर आज नेपालीहरू विदेशी कागज, कपडा प्रयोग गर्न बाध्य भएको उनको भनाइ थियो ।
खनालले समाजवादको बाटो भनेकै देशमा उद्योग धन्दा, बजार बनाउनु र उपभोग गर्ने वातावरण बनाउनु पनि भएको जिकिर गरे । ‘देशलाई औद्योगीकरण गर्ने हो भने समाजवादको बाटो जानुपर्छ,’ उनले भने । शिक्षालाई उत्पादनमूलक र निःशुल्क बनाउनुपर्ने पनि उनको जिकिर थियो ।
फरक प्रसङ्गमा नेकपा हुँदा एउटा ठुलो अवसर गुमाएको पनि स्मरण गरे । केन्द्रमा दुई तिहाइ बहुमतको सरकारदेखि प्रदेशमा ६ वटा सरकार बनाउँदा क्रान्तिको अवसर भएपनि नेकपा चुकेको उनको भनाइ थियो । ‘हामी भूमिसुधार, कृषि क्रान्तिदेखि विभिन्न क्रान्ति गर्न सक्थ्यौँ । तर ४२ महिनासम्म नेकपा एमालेको गुटको नायक खड्ग प्रसाद ओलीले फुटेको कौडीको पनि काम गर्न सकेनन्,’ उनले भने ।
ओलीले देशलाई दक्षिणपन्थी अवसरवादतर्फ धकेल्दै गएको पनि उनले आरोप लगाए । ‘ओलीले अमेरिकाको सेवा गरे । विदेशी गुप्तचरसँग आधा रातमा साँठगाँठ गरे । त्यहाँ उनले के सम्झौता गरे कसैलाई थाहा छैन । प्रधानमन्त्रीले विदेशी प्रतिनिधि भेट्दा मेमोरी राख्ने चलन हुन्छ । त्यो पनि छैन । गैरजिम्मेवार व्यक्तिको हातमा नेतृत्व पुग्दा देशले दुःख पाएको छ ।’
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर