
चैत्र,२६- पाकिस्तानका पीएमएल–एन नेता मरियम नवाजले प्रधानमन्त्री इमरान खानलाई भारत बसाइसराइ गर्न सुझाव दिएकी छन् । नवाजले ट्वीट गर्दै भनेकी छन्, “भारत त्यति धेरै मनपर्छ भने त्यहाँ सिफ्ट हुनुहोस्, पाकिस्तानको ज्यान छाड्नुहोस् ।

शुक्रबार राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री इमरान खानले संसद ब्यूँताउने सर्वोच्च अदालतको निर्णयको आलोचना गरेका थिए। यो अवधिमा उनले विपक्षीमाथि गम्भीर आरोप लगाउँदै भारतको प्रशंसा गरेका थिए । खानले भनेका थिए, ‘कुनै पनि विदेशी शक्तिलाई भारतको विदेश नीतिमा हस्तक्षेप गर्ने हिम्मत छैन।’ भारत स्वाभिमानी देश हो। भारतको विदेश नीति स्वतन्त्र छ र हरेक दबाबलाई बाइपास गर्छ, यसले रुसबाट तेल लिइरहेको छ ।”
खानको सम्बोधनपछि म्यारियम नवाजले ट्वीट गर्दै भनेको छन्, “तपाईं जुन भारतको प्रशंसा गरिरहनुभएको छ, त्यहाँ विभिन्न प्रधानमन्त्रीहरु विरुद्ध अविश्वास प्रस्ताव ल्याएको इतिहास छ। तीमध्ये कसैले पनि संविधान, लोकतन्त्र र नीतिसँग खेलवाड गरेनन्। वाजपेयीले एक मतले हारे, घर गए । देश, संविधान र जनतालाई तपाईंले जस्तै बन्धक बनाएनन् ।”
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर